२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेन्सी–इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद गुज्रिएको गोलीगठ्ठा नष्ट गर्ने क्रममा भएको एक दुर्भाग्यपूर्ण विस्फोटमा कम्तीमा १३ जनाले ज्यान गुमाएका छन्, जसमध्ये चार जना सैनिक र नौ जना स्थानीय बासिन्दा रहेका छन्।

इन्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भन्े, “दुईवटा खाल्डाहरूमा विस्फोट सफलतापूर्वक गराइएको थियो, तर तेस्रो खाल्डामा विस्फोटकको तयारी भइरहेको बेला एक्कासि आकस्मिक विस्फोट भएको थियो, जसले गर्दा यो दुःखद घटना घट्न पुग्यो।”

Ncell 2
Ncell 2

उनका अनुसार, विस्फोट हुनु अघि प्रयोगमा ल्याइएका सबै उपकरणहरूको सुरक्षा जाँच गरिएको थियो र सो स्थल लामो समयदेखि विस्फोटक पदार्थ नष्ट गर्ने प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो।

दुर्घटनामा परेका सबै व्यक्तिहरूलाई पामेउङपेउक जनरल अस्पतालमा पुर्रयाइएको छ।

उक्त घटनाको कारणबारे विस्तृत अनुसन्धान अगाडि बढाइने जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट