२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

कपाल प्रत्यारोपण गर्ने क्रममा एक भारतीय इन्जिनियरको मृत्यु

भारत-  कपाल प्रत्यारोपण गर्ने क्रममा एक भारतीय इन्जिनियरको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार मार्च महिनामा भएको उक्त घटनाबारे मृतककी पत्नीले औपचारिक उजुरी दिएपछि  सतहमा आएको हो।

उजुरीको आधारमा रावतपुर प्रहरी चौकीमा शनिबार सम्बन्धित चिकित्सकविरुद्ध मुद्दा दर्ता गरिएको छ।गोरखपुर निवासी विनीत कुमार दुबे, पन्की पावर प्लान्टका सहायक इन्जिनियर थिए र कानपुरको अफिसर्स कोलोनीमा पत्नी र दुई छोराछोरीसँग बस्दै आएका थिए। मार्च ११ मा उनकी पत्नी जया त्रिपाठी छोराछोरीसहित माइती गएकी थिइन्। मार्च १३ मा विनीत कपाल प्रत्यारोपण गर्न कानपुरको कल्याणपुरस्थित एक एमबीबीएस चिकित्सकको क्लिनिकमा पुगेका थिए।

मार्च १४ को बिहान पत्नी त्रिपाठीलाई अपरिचित नम्बरबाट फोन आयो जसमा भनिएको थियो कि विनीतको अनुहार सुन्निएको छ र उनलाई अस्पताल लगिँदैछ। तर त्यो फोन तुरुन्तै काटियो।

पुनः सम्पर्क गर्न खोज्दा फोन बन्द भयो। बिहान ११ बजेतिर उनले उक्त डाक्टरलाई सम्पर्क गर्ने प्रयास गरिन् तर उनको फोन पनि बन्द थियो। त्यसपछि उनले कानपुरमा रहेका आफन्तलाई अस्पतालमा विनीतको अवस्था बुझ्न पठाइन्। विनीतको अवस्था झन् गम्भीर भएपछि उनलाई रीजेन्सी अस्पतालमा लगियो, जहाँ मार्च १५ मा उनको मृत्यु भयो।

यस घटनापछि जया त्रिपाठीले अधिकारीहरूलाई अपिल गरिन् र डाक्टरविरुद्ध लापरवाहीपूर्ण उपचारका कारण मृत्यु भएको आरोपमा उजुरी दिइन्। प्रहरीका अनुसार डाक्टरविरुद्ध बीएनएसको धारा १०६(१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। कल्याणपुर एसीपी अभिषेक कुमार पाण्डेले घटनासँग जोडिएका व्यक्तिहरूका बयान लिइएको र अभियुक्त डाक्टर फरार रहको बताउँछन्।   

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट