२०८२ बैशाख २९ सोमबार
LATEST NEWS
२०८२ बैशाख २९ सोमबार

आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी सुनिश्चित गर्न माग गर्दै आन्दोलन

काठमाडौं- नेपाल डेन्टल एसोसिएशनले नगरपालिकामा स्थापना हुने १५ शय्या क्षमताका आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्ने निर्णयको कार्यान्वयन सुनिश्चित गर्न माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेको छ।

डेन्टल एसोसिएशनले सरकारले हालै पारित गरेको आधारभूत अस्पताल संचालन मापदण्ड २०८१ अनुसार १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको सुनिश्चितताको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम अगाडि बढाएको हो।

एसोसिएशनले पहिलो चरणमा आइतबारदेखि देशभरिका सम्पूर्ण निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुको डेन्टल ओपिडी र वेटिङ क्षेत्रमा ‘नगरपालिकामा हुने १५ शय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राखी नेपाली नागरिकलाई दन्त चिकित्सकबाट उचित सेवा प्राप्तिको प्रत्याभूति गर सरकार’ भन्ने ब्यानर तथा पोस्टर टाँस्ना थालेको छ।

यसैगरी सम्पूर्ण दन्त चिकित्सकहरूलाई कालो पट्टी बाँधेर कार्यमा सहभागी हुन पनि एसोसिएशनले आग्रह गरेको छ। एसोसिएशनको आग्रह अनुसार देशका धेरै स्थानमा रहेका दन्त चिकित्सकले कालो पट्टी बाँधेर काम गर्न थालेका छन्।

यस आन्दोलनको मुख्य उद्देश्य नेपालका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवाभित्र दन्त स्वास्थ्य सेवा समावेश गराई दन्त चिकित्सक बाटै गुणस्तरीय सेवा सुनिश्चित गर्नु रहेको एसोसिएशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट