२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

ह्वावेको नयाँ विद्युतीय कार, सार्वजनिक हुनु अघि नै १ लाख बढि प्रिअर्डर

काठमाडौँ । ह्वावे र सेरेसले संयुक्त रूपमा तयार गरेको ठुलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी अइटो एम ८ (Aito M8) ले चीनमा सार्वजनिक हुनु अघि नै एक लाख अर्डर प्राप्त गरेको छ । मार्च ६ देखि सुरु भएको यो गाडीको प्रि-सेल मूल्य तीन लाख ६८ हजार देखि चार लाख ५८ हजार युआन (झण्डै ५० हजार ५४० देखि ६२ हजार ९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ । प्रि-सेल सुरु भएको एक घण्टामा नै ७,५०० अर्डरहरू प्राप्त भएको कम्पनीको भनाइ छ । 

छ घण्टाभित्र अर्डर संख्या २१,००० पुग्यो भने १२ घण्टामा २८,००० युनिट पुगेको कम्पनीको दाबी छ । प्रि-सेल सुरु भएको दुई साताभित्र यो संख्या ७०,००० पुगेको थियो । अप्रिल ७ मा कम्पनीले गाडीले एक लाखभन्दा बढी अर्डर प्राप्त गरेको घोषणा गरेको थियो । 

यो एक ठुलो एसयुभी हो जसको लम्बाइ/चौडाइ/उचाइ क्रमशः ५१९०/१९९९/१७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको छ। यसको छानामा लिडार (LiDAR) सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठुला हेडलाइट छन्। यो गाडी २१-इन्चका मल्टी-स्पोक रिममा कुद्छ। टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन्।

यसमा ७५ इन्चको ह्वावेको अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले (Augmented Reality Head-Up Display) र तीन ठुला स्क्रिन सेटअप छ। गाडीमा दुई मोटरयुक्त फोर ह्विल ड्राइभ (Four-Wheel Drive) प्रणाली छ जसको पिक पावर ३९२ किलोवाट छ। गाडीको रेन्ज क्रमशः २०१ किमि र ३१० किमि रहेको कम्पनीले जनाएको छ ।  

अइटो ब्रान्ड ह्वावे र सेरेसबीचको सहकार्य हो । यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने ह्वावेले गाडीको प्रविधि, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको छ । यो ब्रान्डका गाडीहरू ह्वावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटि अलायन्स (Harmony Intelligent Mobility Alliance) स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन्।

अइटो ब्रान्ड अन्तर्गत अहिले अइटो एम५, एम७ र एम९ गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन्। चीन ईभी डेटा ट्र्याकरका अनुसार यी मोडेलहरूको कूल बिक्री २०२४ मा तीन लाख ८५ हजार ९०४ युनिट पुगेको थियो। अब ह्वावे र सेरेसले चौथो मोडेल अइटो एम८ सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको छ। 

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ ११:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट