२०८२ बैशाख ३० मंगलवार
२०८२ बैशाख ३० मंगलवार

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

इस्तानबुल । रूस र युक्रेनबीच युद्धविराम वार्ताको आयोजना गर्न टर्की तयार भएको छ ।

रूसी राष्ट्रपति भ्लादिमर पुटिनले १५ मेसम्म युक्रेनसँग शान्तिबार्ता गर्न चाहेको र त्यो इस्तानबुलमा गर्न सक्ने जनाएको भोलीपल्ट टर्कीले दुबै देश बिच मध्यस्थता गर्न र बार्ता स्थल आयोजक बन्न तयार भएको सन्देश दिएको हो ।

वीवीसीका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग सो को जानकारी दिएका हुन् ।

टर्कीको राष्ट्रपति कार्यालयका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्तानबुलमा युक्रेनसँग सीधा वार्ता गर्ने प्रस्ताव गरे पछि राष्ट्रपतिले एर्दोगनले सो घोषणा गरेका हुन् ।

टर्कीले युक्रेन–रुस वार्ताको आयोजना गरेको यो पहिलो पटक होइन, यसअघि पनि दुई देशका प्रतिनिधिमण्डलहरूले इस्तानबुलमा नै भेटघाट गरेका थिए।

युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले भने कि युक्रेनले रुसले आज अर्थात १२ मे देखि नै सुरु हुने गरी युद्धविराम हुने अपेक्षा गरेका छन् । ‘रूसका प्रतिनिधि भेटन युक्रेन तयारी अवस्थामा छ,’ उनले भने ।

जेलेन्स्कीले युक्रेन युद्धविराम वार्ताका लागि पुटिनलाई भेट्न तयार रहेको बताउँदै युद्ध अन्त्य गर्ने रुसको विचारलाई सकारात्मक संकेत भनिसकेका छन्।

उनले अगाडी भनेका थिए, ‘युक्रेनले रसियाले युद्धविरामको पुष्टि गर्ने आशा गर्दछ, त्यो पूर्ण, दिगो र भरपर्दो होस, र मे १२ देखी नै लागुहोस ।’

त्यसो त ३० दिने युद्धविरामको माग गर्ने युरोपेली नेताहरूले कीभमा भेटेको केही घण्टापछि नै पुटिनले मे १५ मा युक्रेनसँग सीधा वार्ता गर्न आह्वान गरेका थिए।

एक दुर्लभ टेलिभिजन सम्बोधन मार्फत पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न चाहेको रूसी समाचार एजेन्सी तासले सार्बजनिक गरेको थियो ।

त्यस अघि दोस्रो विश्वयुद्दमा बिजयी भएको ८० औं बार्षिकोत्सवमा पुटिनले चिनियाँ समकक्षी सि जिनपिङलगायत विश्वका २० भन्दा राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटबार्ता गरेका थिए ।

मस्कोमा भएको विश्वका नेताहरूसँग भएको सो भेटबार्ताले पनि पुटिन माथी बार्ता र सम्बादमार्फत जान तयार रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


सामाग्री श्रोत :

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट