२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

‘सार्वजनिक सेवा प्रसारणको पहिलो प्राथमिकता देश र जनता’

नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी राज्यको चरित्र अनुसार नेपाल टेलिभिजनले देश र जनताका लागि काम गर्न आवश्यक भएको बताएका छन्।

आज कोहलपुरमा सार्वजनिक सेवा प्रसारण नेपाल, ‘एनटिभी’ कोहलपुरको निरीक्षणपछि आयोजित छलफलमा उनले सार्वजनिक सेवा प्रसारणको पहिलो प्राथमिकता देश र जनता भएको उल्लेख गरे। उनले विभिन्न भाषा, धर्म र संस्कृतिको जर्गेना हुने गरी कार्यक्रम सञ्चालन गर्न एनटिभी कोहलपुरलाई निर्देशन दिए।

बदलिँदो परिस्थिति अनुसार प्रविधिमैत्री काम गर्न आग्रह गर्दै उहाँले सबै धर्म र संस्कृतिको संरक्षणमा जोड दिए। मन्त्री गुरुङले धार्मिक सहिष्णुता र जातीय सदभाव कायम गर्न आवश्यक भएकाले त्यस्ता विषयवस्तु छनोटमा ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘हामीले काम गर्ने शैली र विषयवस्तु छनोट गर्ने शैली बदल्न जरुरी छ ।’ मन्त्री गुरुङ्ले भौतिक पूर्वाधारसँगै जनशक्तिको व्यवस्थापन आवश्यक भएको उल्लेख गर्दै एनटिभीलाई अझै सुधार गरेर लैजान आवश्यक भएको बताए।

सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जनशक्ति छनोट समावेशीको सिद्धान्त अनुसार भएको जानकारी दिए । मन्त्री गुरुङले गोरखापत्र संस्थान, पश्चिम क्षेत्र प्रकाशन कार्यालयको समेत निरीक्षण गरे । उनले गोरखापत्रको कामको प्रशंसा गर्दै सरकारी विज्ञापन गोरखापत्रमा प्रकाशन गर्नुपर्ने बताए ।

गोरखापत्र प्रकाशनलाई समेत ‘पीएसबी’ ढाँचामा लैजान आवश्यक भएकामा जोड दिए । गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी र महाप्रवन्धक लालबहादुर ऐरीले संस्थानका विषयमा मन्त्री गुरुङलाई जानकारी गराएका थिए।


सामाग्री श्रोत :

‘सार्वजनिक सेवा प्रसारणको पहिलो प्राथमिकता देश र जनता’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट