२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन्। उनले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन्।

यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो।

तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेको छ।

Ncell 2
Ncell 2

सोही पृष्ठभूमिमा पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन्।

नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो। उक्त समितिमा विज्ञको तर्फबाट पौडेल सदस्य बनेका थिए।

shivam cement
shivam cement

सिफारिस समितिका सदस्य रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले आन्तरिक छलफल थालेको छ। पौडेललाई गभर्नर बन्नका लागि उनले समितिको सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ। जसका लागि उनले सदस्यबाट राजीनामा दिएका हुन्।

उनको राजीनामासंगै गभर्नर सिफारिस समिति सुरूवातकै चरणमा पुगेको छ। समितिका अर्का सदस्य तत्कालीन गभर्नर महाप्रसाद अधिकारीविरूद्व पनि सर्वोच्चमा रिट दर्ता भएको छ। सरकारले नयाँ सिफारिस समिति गठन गर्ने तयारी समेत थालिसकेको छ।

नेपाल राष्ट्र बैंकको गभर्नर पद गएको चैत्र २४ गतेदेखि रिक्त रहेको छ। डेपुटी गभर्नर निलम ढुङ्गानाले कामु गभर्नरको रूपमा जिम्मेवारी सम्हाली रहेकी छन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?