२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

क्रिश्चियन म्युजिक भिडिओमा अभिनय गरेको भन्दै आलोचना भएपछि ‘दारी बा’ले मागे माफी

काठमाडौँ । इसाई धर्मसँग सम्बन्धित भिडिओमा अभिनय गरेपछि सामाजिक सञ्जालमा आलोचित बनेका कलाकार सुरवीर पण्डित (दारी बा) ले सार्वजनिक रूपमा माफी मागेका छन् । शनिबार चर्चित टेलीश्रृङ्खलाले ‘मेरी बास्सै’ को आधिकारिक सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका हुन् ।

भिडिओ सन्देशमा पण्डितले केही दिनअघि दुई ओटा इसाई गीतमा आफूले अभिनय गरेको स्वीकारेका छन् । कलाकारिताको धर्म निर्वाह गर्ने क्रममा र अग्रजको ‘जे अगाडि आउँछ, त्यसलाई प्रसाद सम्झेर अगाडि बढ्नुपर्छ’ भन्ने भनाइलाई शिरोधार्य गर्दै उक्त भूमिका स्वीकारेको उनले स्पष्ट पारे ।

आफ्नो अभिनयले दर्शकको मन दुखेकोमा आफू मर्माहत भएको बताउँदै पण्डितले भने, “हाम्रो उद्देश्य कसैको मन दुखाउनु पटक्कै थिएन, सिर्फ कलाकारिता गर्ने मात्रै थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु ।”

आगामी दिनमा धर्म, संस्कार, संस्कृति र राष्ट्रले गर्व गर्ने किसिमका काम गर्ने प्रतिबद्धता जनाउँदै उनले दर्शकबाट निरन्तर आशीर्वादको अपेक्षा गरे । पण्डितले भिडिओमा आफ्ना सहकर्मी कलाकार रामचन्द्र अधिकारी (काजी साब) को तर्फबाट समेत क्षमायाचना गर्दै भने, “यो एउटा बुबाआमा, काका, एउटा अज्ञानी सम्झेर हामीलाई क्षमा गरिदिनुहोला । अब हामी यस्तो गर्दैनौँ ।”

पण्डित र अधिकारीले अभिनय गरेका इसाई धर्मसम्बन्धी गीतको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले हिन्दु धर्म-संस्कृतिमाथि प्रहार भएको भन्दै चर्को आलोचना गरेका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १५:५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट