२०८२ बैशाख २८ आईतवार
२०८२ बैशाख २८ आईतवार

मुलुक प्रधानमन्त्रीले नभई बिचौलियाहरुले चलाइरहेछन् : उपेन्द्र यादव

जनकपुर– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्रविरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।

शनिबार जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्रविरोधीहरुले षड्यन्त्र गरिरहेको बताए ।

उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुनेमा जोड दिए । विगतको २५० वर्षको निरङ्कुश शासनमा महिलाहरुका लागि समानता कतै नभएको उनले बताए ।

‘पहिलाको तुलनामा अहिले महिलाहरुले हरेक निकाय, क्षेत्रमा आफ्नो हकअधिकार पाइरहेका छन्, ती सबै मधेश आन्दोलनबाट प्राप्त संघीयताको उपलब्धि हो’, अध्यक्ष यादवले भने ।

उनले अहिले महिलाको ३३ प्रतिशत सहभागिता भए पनि राज्यको हरेक अंगमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिए । समानताको परिकल्पना जनता समाजवादी पार्टीबाहेक अन्य कुनै पार्टीमा नभएको उनको भनाइ थियो ।

Ncell 2
Ncell 2

उनले मुलुक मन्त्री र प्रधानमन्त्रीले नभई बिचौलियाहरुले चलाइरहेको आरोप लगाएका छन् । कमिसनखोर, दलाल र बिचौलियाहरुले सबै नियुक्ति र बजेट निर्माणमा कब्जा गरेको उनले आरोप लगाए ।

सरकारले २६ खर्ब बढी वैदेशिक ऋण लिए पनि त्यो ऋण कहाँ खर्च हुँदैछ भन्ने कसैले बुझ्न नसकेको अध्यक्ष यादवले उल्लेख गरे ।

विश्व बैंकले खर्बौखर्ब रुपैयाँ अनुदान दिए पनि देश विकास हुन नसक्नुमा भ्रष्टाचार मुख्य कारण भएको उनको भनाइ छ ।

shivam cement
shivam cement

अध्यक्ष यादवले मुलुक अहिले राजनीतिक रुपमा संकट र आर्थिक रुपमा जर्जर अवस्थामा रहेको टिप्पणी गरे । सरकारले संविधान संशोधन गर्ने नाममा जनतालाई ठग्ने काममात्र गर्दै आएको उनले आरोप लगाए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट