२०८२ बैशाख २८ आईतवार
२०८२ बैशाख २८ आईतवार

अहिलेकाे सरकारलाई बिचौलिया र तस्करले चलाएका छनः उपेन्द्र यादव

जनकपुरधाम। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार तस्कर र बिचौलियाहरुले चलाएको आरोप लगाएका छन्।

जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकार जनताको नभई तस्कर र बिचौलियाहरुको रहेको आफैँले पुष्टि गरिसकेको दाबी गरे।

बजेट निर्माणको क्रममा मुख्यकक्षसम्मै बिचौलियाहरु पुगेको घटना प्रमाणित भईसकेको उल्लेख गर्दै उनले यस्तो सरकारसँग जनताले विकास र सुशासनको अपेक्षा राख्नु नै गलत हुने बताए।

अमेरिकी राष्ट्रपतिले आफनो संसदमै नेपाली नेताहरुलाई ‘फ्रड लिडर’ भनेर सम्बोधन नै गरिसकेको स्मरण गराउँदै उनले अहिलेको सरकार मुलुकमा मात्र नभई वैश्विक स्तरमै आफनो विश्वास गुमाई सकेको टिप्पणी गरे।

मुलुक अहिले वैदेशिक रेमिट्यान्सले संचालन भई रहदा समेत सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुका लागि ठोस नीति ल्याउन नसक्नु राज्यकै लागि लज्जास्पद रहेको बताए।

संविधान संशोधनको नाउमा कांग्रेस कम्युनिष्टले संघीय लोकतान्त्रिक गणतन्त्रसँगै खेलाँची गर्ने षडयन्त्र गरिरहेको बताउँदै अध्यक्ष यादवले भने ,‘उनीहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नभई यसलाई समाप्त पर्ने बाटो कुरी रहेका छन्। जुन दिन संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने क्लु उनीहरुले पाँउछन त्यहि दिन संशोधनको बाटोमा जान्छ।’

परिवर्तन विरोधी शक्तिहरु मुलुकलाई प्रतिगमन तीर लैजाने षडयन्त्र गरि रहेको दावी गर्दै अध्यक्ष यादवले उनीहरु सडक, सदन र षडयन्त्र तीन वटै मोर्चामा भिडेको बताए। ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र मधेश विद्रोहको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निमित परिवर्तनकारी शक्तिहरुलाई सचेत हुनुपर्ने बेला आएको बताए।

महिलाहरुलाई समानताको अधिकार नदिए सम्म मुलुकले विकास र समृद्धि प्राप्त गर्न नसक्ने बताउदै उनले अवसर, सम्पति, शिक्षा र न्यायालयमा समान पहुँचको आधार तय गर्नु पर्ने बताए।


सामाग्री श्रोत :

अहिलेकाे सरकारलाई बिचौलिया र तस्करले चलाएका छनः उपेन्द्र यादव

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट