२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

भ्यान दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर– सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको छ । 

उदयपुरस्थित घरबाट घरायसी सामान लिएर दुहवी जाँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भई शनिबार बिहान ११:५० बजे दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत खतिवडाको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

Ncell 2
Ncell 2

दुर्घटनामा गम्भीर घाइते भएका प्रसनि खतिवडालाई उपचारका लागि विराट टिचिङ अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा दिउँसो १२:२१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको भ्यान अनियन्त्रित हुँदा सडक छेउको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।

shivam cement
shivam cement

त्रियुगा नगरपालिका–८ राजाबासका खतिवडा नाराणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । दुर्घटनामा घाइते भएका चालक कार्कीको टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनकी छोरी रोजिना कार्की भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट