काठमाडौँ – आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध ९ विकेटको जित निकालेको छ ।

वर्षाका कारण खेललाई ५.५ ओभरमा सीमित गरिएको थियो । बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि ओपनर कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाइन् । उनी रनआउट भएकी हुन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन् भने कप्तान इन्दु वर्मा ५ बलमा ७ रन जोड्दै अविजित रहिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनायो । उसका लागि दिपिका रसंगिकाले १३ बलमा ६ चौका र १ छक्कासहित नटआउट ३४ रनको धमाकेदार इनिङ खेलिन् । थरान्गा गजनायाकेले ३ रन र जेनाब फाजिलले २ रनको योगदान दिइन् ।

नेपालका लागि एक मात्र विकेट पूजा महतोले लिएकी थिइन् । खेलको अन्तिम ओभरमा बलिङ गरेकी सबनम राईलाई दिपिकाले १ छक्का र ३ चौकासहित २० रन हानेपछि बहराइनले प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । प्रतियोगिता अन्तर्गत यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ