२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

आजदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’ हुँदै

सुर्खेत –शनिबार (आज) देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन–२०८२’ आयोजना हुँदैछ । 

श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा तीनदिने छोरी सम्मेलन हुन लागेको हो । सम्मेलन वैशाख २७, २८ र २९ गते वीरेन्द्रनगरस्थित शुभ होटलमा हुनेछ ।

प्रदेशमा आयोजना हुन लागेको छोरी सम्मेलन पहिलो भएको आयोजक श्री ज्योति फाउन्डेसनले बताएको छ । सशक्तीकरण अभियानमार्फत कर्णालीका छोरीहरूलाई सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउनका साथै कर्णालीका छोरीहरूको व्यक्तित्व विकासमा सघाउ पुर्‍याउनु सम्मेलनको उद्देश्य भएको आयोजक फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले बताइन् ।

Ncell 2
Ncell 2

तीन दिनसम्म चल्ने यो सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहबाट प्रतिनिधित्व रहने जनाइएको छ । स्थानीय तह तथा सीमान्तकृत समुदाय, लोपोन्मुख राउटे, राजी, वादी, बोटे समुदायबाट दुई सयजना छोरीहरूको सहभागिता सम्मेलनमा रहनेछ ।

फाउन्डेसनका अध्यक्ष कटुवालका अनुसार स्थानीय तह, समुदायबाट प्रतिनिधित्व गर्ने छोरीहरूले सम्मेलनमार्फत आफ्ना आवाज बुलन्द गर्ने अवसर पाउनेछन् ।

shivam cement
shivam cement

सम्मेलनका प्रत्येक दिन छोरीका आफ्ना कुरा राख्ने तथा प्रवचन, बहसजस्ता विशेष सत्रहरू चल्नेछन् । सम्मेलनमा ‘छोरीका मनका कुरा’ विशेष सत्र सञ्चालन हुनेछ । यो सत्रमा कर्णालीका छोरीहरूले आफ्ना भोगाइहरू प्रस्तुत गर्नेछन् ।

छोरीहरूका प्रतिभाहरू पनि यसै सम्मेलनमा प्रस्तुत गरिनेछ। ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञ व्यक्तित्वबाट विश्लेषण गरिनेछ । सम्मेलनमा हुने बहसहरू छोरीहरूको सशक्तीकरण र जीवन रूपान्तरणसँग सम्बन्धित हुने आयोजक श्री ज्योति फाउन्डेसनले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट