२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

ओमानले घोषणा गर्यो तीन महिनाको आममाफी

काठमाडौं । ओमानले भिसाको अवधि सकिएर कानुनी हैसियत गुमाई ओमानमै बसिरहेका आप्रवासी श्रमिकहरुलाई तीनमहिना भित्रमा स्वदेश फर्किन सक्ने गरी आममाफीको घोषणा गरेको छ । ओमानस्थित नेपाली दूतावासका अनुसार ओमानको श्रम मन्त्रालयले त्यसरी बसिरहेकाहरुलाई जरिवाना नतिरी स्वदेश फर्किनका लागि तीन महिनाको समय दिएको हो । नेपाली दूतावासका अनुसार तीन महिना भित्रमा स्वदेश फर्किनेहरुका लागि जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिएको छ ।
नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै ओमान सरकारले उपलव्ध गराएको यो अवसरको सुदपयोग गर्न र त्यसरी कागजातविहिन भएर बसिरहेकाहरुलाई स्वदेश फर्किन आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘ओमान सरकारले यो योजना २०२५ जुलाई ३१ मा अन्त्य हुने जनाएकोले समयभित्रै अवसरको उपयोग गर्न सूचित गरिन्छ ।’
स्वदेश फिर्ती प्रक्रियाको लागि नेपाली दूतावासले सहजीकरण गर्ने भएको छ । यसका लागि दूतावासले स्वयंसेवी नियुक्त गरेको छ । ओमानमा करिब २२ हजार नेपाली कार्यरत छन् जसमध्ये १० हजार महिला छन् ।
नेपाली दूतावासका अनुसार भिसाविहीन नेपालीको संख्या यकिन गरिएको छैन । पछिल्लो समय भिजिट भिसामार्फत घरेलु श्रमिकका रूपमा ओमान पुगेका नेपाली महिला श्रमिक भिसाविहीन भएर बस्ने गरेको दूतावासले जनाएको हो ।
दूतावासको सुचना
ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) सम्बन्धी जानकारी

ओमानको श्रम मन्त्रालय (Ministry of Labour) द्वारा जारी गरिएको छुट अवधिमा स्वदेश फिर्ती योजना अन्तर्गत, ओमानमा भिसा सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्किन पाउने अवसर प्रदान गरिएको छ। यस योजनाअनुसार स्वदेश फर्किने नेपालीहरूका लागि तोकिएको जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिनेछ।

यस योजनाको लाभ लिन इच्छुक नेपाली नागरिकहरूले स्यवम् वा कोही साथीभाई वा राजदूतावासका स्वयम्सेवकहरु वा नेपाली सोसल क्लब लगायत संघसंस्थाका प्रतिनिधिको सहयोग लिई तल दिइएको वेबपेजमा गई प्रक्रिया पूरा गर्नु पर्नेछ:

वेबसाइटमा दिइएको चरणहरू अनुसार आवश्यक विवरणहरू भरेर आवेदन गर्नुहोला।

हाल ओमान सरकारले यो योजना 2025 जुलाई 31 मा अन्त्य हुने जनाएकोले समय भित्रै अवसरको उपयोग गर्न सूचित गरिन्छ र यो सुवर्ण अवसरको लाभ उठाउनुहुन ओमानमा रहनुभएका सम्बन्धित नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ। थप केही सहयोग वा जानकारी आवश्यक भए राजदूतावासमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ।

सामाग्री श्रोत :
deshparadesh

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट