२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

विकिपिडियामा नेपालका प्राकृतिक सम्पदाको फोटो अपलोड गरेर पुरस्कार जित्ने अवसर

काठमाडौँ । आफूले खिचेका नेपालका प्राकृतिक सम्पदाको फोटो विकिपिडियामा अपलोड गरेर पुरस्कार जित्न सकिने भएको छ । विश्वभरका प्राकृतिक सम्पदा स्थललाई विकिमिडिया परियोजनामार्फत प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता ‘विकी लभ्स अर्थ’ मा सहभागी भई पुरस्कार जित्न सकिने भएको हो ।

विकिपिडियाले १ मेदेखि १५ जुनसम्म यो कार्यक्रम सञ्चालन गरिरहेको छ । 

‘विकी लभ्स अर्थ’ नेपालमा प्राकृतिक सम्पदा स्थलको प्रवर्द्धन गर्ने एक अनलाइन फोटोग्राफी प्रतियोगिता हो भने यो अन्तर्राष्ट्रिय वार्षिक फोटोग्राफी प्रतियोगिता ‘विकी लभ्स अर्थ (WLE)’ को एक हिस्सा हो । नेपालले सन् २०१४ देखि २०२३ सम्म निरन्तर भाग लिंदै आएको छ । 

यस प्रतियोगिताको माध्यमबाट हालसम्म करिब साढे २८ हजारभन्दा बढी तस्बिर विकिपिडियामा क्रियटिभ कमन्स लाइसेन्स अन्तर्गत अपलोड भइसकेका छन् । फोटोग्राफीमा नयाँ रुचि राख्नेदेखि अनुभवी फोटोग्राफरसम्म सबैले यसमा भाग लिनसक्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले नेपालका प्राकृतिक सम्पदाको फोटो पठाउनुपर्ने हुन्छ । त्यस्तो फोटो म्यानुपुलेट गरिएको छ र देखिने वाटरमार्क छ भने अस्वीकार हुनेछ । त्यस्तै फोटो अपलोड गर्दा सहभागीले आफ्नो ईमेल एड्रेस उपलब्ध गराउनुपर्ने हुन्छ । त्यस्तै फोटोको क्याप्सन र डिस्क्रिप्सन पनि राख्नुपर्ने हुन्छ । त्यसका लागि फोटोको क्याटेगोरी पनि छनोट गर्नुपर्छ । याद गर्नुहोस् तपाईंले अपलोड गर्ने फोटोको कपिराइट दाबी तपाईंंले गर्न पाउनु हुनेछैन । यो स्वतः क्रियटिभ कमन्स लाइसेन्स अन्तर्गत पर्नेछ ।  

१५ जुनभित्र पठाइएका फोटो मात्र योग्य मानिनेछन् । अपलोड गर्नका लागि सहभागीले यहाँ क्लिक गरेर विकिमिडिया कमन्समा साइन इन गर्ने वा नयाँ खाता खोल्नुपर्नेछ । र, आयोजकले उपलब्ध गराएको ‘अपलोड बटन’ मा ट्याप गरी फोटो उपलब्ध गराउन सकिनेछ । 

विकिपिडियामा आइसकेपछि आफ्नो उक्त फोटोलाई सामाजिक सञ्जालमा #WLENepal र #WLE2025 ह्यासट्यागसहित शेयर गर्न पनि आयोजकले आग्रह गरेका छन् । स्थानीय स्तरका विजेताहरूका लागि पुरस्कार पछि घोषणा हुनेछ भने अन्तर्राष्ट्रिय स्तरका विजेताले अमेजन वा अन्य अनलाइन प्लेटफर्मका लागि भौचर पाउनेछन् ।

यस वर्षको प्रतियोगिताका विजेताको घोषणा सन् २०२५ को सेप्टेम्बर अन्त्यमा गरिने विकिपिडियाले जनाएको छ । जुलाई महिनामा राष्ट्रिय निर्णायक मण्डलले नेपालका प्राकृतिक सम्पदा स्थलका उत्कृष्ट १० तस्बिरहरू छनोट गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि पठाउनेछन् । निर्णायक मण्डलले तस्बिरहरूको प्राविधिक गुणस्तर, मौलिकता र विकिपिडियाका लागि तस्बिरको उपयोगिता जस्ता मापदण्डका आधारमा मूल्याङ्कन गर्नेछ ।

नेपालका लागि यस कार्यक्रमको आयोजक टिममा निर्मल दुलाल र नविन सापकोटा रहेका छन् । थप जानकारी आयोजकको फेसबुक पेजमा सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १८:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट