२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

राजावादीको काठमाडौंमा मोटरसाइकल र्‍याली

काठमाडौं। राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो। काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरुले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनस्र्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर लगाएका नारा लगाएका थिए।

कोणसभामा राप्रपाका नेपालका अध्यक्ष कमल थापाले आफूहरुको आन्दोलन देशको परिवर्तनका लागि भएकाले आफूहरुको आन्दोलनमा साथ दिन आह्वान गरे। हरेक आन्दोलनमा काठमाडौंले निर्णायक भूमिका निर्वाह गरेको भन्दै अबको परिवर्तनको निर्णायक आन्दोलनमा पनि सहभागी हुन उनले आग्रह गरे।

उनले चैत्र १५ गते काठमाडौंमा भएको शान्तिपूर्ण आन्दोलनमा राज्यले हस्तक्षेप गरेर दुई जनाको ज्यान गएको आरोप समेत लगाए। यसअघि समितिले जेठ १५ देखि राजसंस्था पुनःस्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरिसकेको छ।


सामाग्री श्रोत :

राजावादीको काठमाडौंमा मोटरसाइकल र्‍याली

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट