काठमाडौँ । भारतीय सरकारले सामाजिक सञ्जाल कम्पनी एक्स (पहिलेको ट्वीटर) लाई ८,००० भन्दा बढी अकाउन्टहरू भारतमा रोक्न कार्यकारी आदेश जारी गरेको छ । योसँगै कम्पनीले उक्त अकाउन्टहरू भारतमा मात्र नदेखिने गरी प्रतिबन्ध लगाउने प्रकृया सुरु गरेको छ ।

बिहीवार एक पोस्ट राख्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार प्रतिबन्ध लगाइएका अकाउन्टहरूमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरू र चर्चित एक्स प्रयोगकर्ताहरू रहेका छन् । भारतीय सरकारले अकाउन्टमा प्रतिबन्ध लगाउन अनुरोध गरेपनि अधिकांश अकाउन्टहरूको कुन सामग्रीले भारतको कुन कानून उल्लंघन गरेको हो भन्नेबारे स्पष्ट प्रमाण वा विवरण भने दिइएको छैन ।
“हामी भारत सरकारका मागहरूसँग सहमत छैनौं। सबै अकाउन्टहरू रोक्नु अनावश्यक निर्णय हो, यसले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्छ। यो वर्तमान र भविष्यको सामग्रीको सेन्सरसिप हो,” एक्सले आफ्नो पोस्टमा उल्लेख गरेको छ ।
यो निर्णय कम्पनीका लागि पनि सहज नभएको तर निर्देशन गरिए अनुरूप अकाउन्टहरू बन्द गर्न आफू बाध्य भएको पनि कम्पनीले उल्लेख गरेको छ । यद्यपि, कम्पनीले कानुनी विकल्पहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।

एक्सले भारतस्थित प्रयोगकर्ताहरूलाई कानुनी सहायता लिन आग्रह गरेको छ र प्रभावित प्रयोगकर्ताहरूलाई सूचना पनि दिइसकेको जनाएको छ।
X has received executive orders from the Indian government requiring X to block over 8,000 accounts in India, subject to potential penalties including significant fines and imprisonment of the company’s local employees. The orders include demands to block access in India to…
— Global Government Affairs (@GlobalAffairs) May 8, 2025
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ ९:१२
सामाग्री श्रोत :
टेक पाना