काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ। आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ।

गत बैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो।
नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक, वैदेशिक सम्बन्ध जस्ता विषयमा सरकारले तय गरेका नीतिबारे संघीय संसद्मा छलफल हुने गर्छ। नीतिमाथि जननिर्वाचित सांसदहरूको सुझाव समेतका आधारमा सरकारले प्राथमिकीकरण गरेर बजेट ल्याउने अभ्यास छ।
तर, नीति तथा कार्यक्रममाथि स्वस्थ छलफलभन्दा बढी राजनीतिक प्रतिशोध, आग्रह, पूर्वाग्रह, विरोध, बचाउ र टीका-टिप्पणीमै सांसदहरू बढी केन्द्रित देखिएका छन्। सरकारको नीति तथा कार्यक्रमका विषयभन्दा बढी राजनीतिक छेडखानी र आरोप/प्रत्यारोपले प्राथमिकता पाइरहेको छ।

सामाग्री श्रोत :