२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

भारत पाकिस्तान तनावः आईपीएल स्थगित हुने सम्भावना

काठमाडौं। भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुने सम्भावना बढेको छ। गत २२ मार्च देखि सुरु भएको आइपीएल बिचमै स्थगित हुनसक्ने बताइएको छ।

भारतीय संचारमाध्यम आजतकका अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार यसबारेमा निर्णय लिने सक्ने बताइएकाे छ। बिहिबार(आज) पाकिस्तानले भारतका ११ शहरमा लक्षित आक्रमण गरेपछि दिल्ली र पंजाबबीचको खेल रद्द गरिएको थियो। धमंशाला मैदानमा भएको खले पहिलो पारीको १०.१ ओभर हुँदा मैदानका सबै फ्लड लाडट निभाइएको थियो।

पंजाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाउँदा ‘ब्ल्याकआउट’ भएपछि मैदानका फ्लडलाइट निभेका थिए।

त्यसपछि मैदानका आपतकालिन ढोकाहरुबाट दर्शकहरुलाई बाहिर निकालिएको थियो। बीसीसीआईले खेलाडी र अन्य पदाधिकारीलाई तत्काल दिल्ली फर्काउन विशेष बन्दे भारत रेललाई धर्मशाला पठाएको बताएको छ।

योसँगै जारी सिजनको आईपीएलको भविष्य के हुन्छ भन्ने अन्योलता छाएको छ।


सामाग्री श्रोत :

भारत पाकिस्तान तनावः आईपीएल स्थगित हुने सम्भावना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट