२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

पाकिस्तान आक्रमणः भारतको ११ शहरमा ब्ल्याकआउट

काठमाडौं। पाकिस्तानले भारतका ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ। बिहीबार बेलुकीदेखि पाकिस्तानले गरेको उक्त आक्रमणलाई भारतीय वायु रक्षा प्रणालीले विफल पारेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको बताइएको छ। पाकिस्तान गरेको आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ।

पाकिस्तानले जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानमा आक्रमण भएको छ। यसैगरी पञ्जाबको गुरदासपुर, राजस्थानको जैसलमेर र गुजरातको भुज क्षेत्रमा पनि आक्रमण भएको बताइएको छ।

ती क्षेत्रहरुमा लगातार साइरनको आवाज आएको र पूरै ब्ल्याकआउट भएको स्थानीयहरुले जनाएका छन्।

पाकिस्तानको आक्रमणपछि सुरक्षाको कारण देखाउँदै बिहीबारको आइपीएलको खेलसमेत रद्द भएको छ। पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा भइरहेको खेल रद्द भएको हो।

पंजाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाउँदा ‘ब्ल्याकआउट’ भएपछि मैदानका तिनवटा फ्लडलाइट निभेका थिए। त्यसपछि मैदानका आपतकालिन ढोकाहरुबाट दर्शकहरुलाई बाहिर निकालिएको थियो। भारतीय संचारमाध्यम आजतकले खेलाडी र अन्य पदाधिकारीलाई तत्काल दिल्ली फर्काउन बीसीसीआईले विशेष बन्दे भारत रेललाई धर्मशाला पठाएको बताएको छ।


सामाग्री श्रोत :

पाकिस्तान आक्रमणः भारतको ११ शहरमा ब्ल्याकआउट

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट