२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– ‘सकेसम्म लाहोर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’

काठमाडौं भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ।

त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो भने आज बिहान भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र प्रणालीहरूलाई निशाना बनाएको थियो।

भारत पाकिस्तान बिचको बढदो तनाव पछि अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ।

अमेरिकाले लेखेको छ, ‘ड्रोन विस्फोट, ड्रोन खसालेको र लाहोर र वरपरको हवाई क्षेत्रमा सम्भावित घुसपैठको रिपोर्टका कारण लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले सबै कन्सुलर कर्मचारीहरूलाई खाली गर्नुहोला।’

सम्भव भएसम्म अमेरिकी नागरिकले पाकिस्तान छोड्न सल्लाह दिइएको छ। यदि यो छोड्न सुरक्षित छैन भने सुरक्षित स्थानहरूमा बस्न भन्दै अमेरिकाले एडभाइजरी जारी गरेको हो।


सामाग्री श्रोत :

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– ‘सकेसम्म लाहोर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट