२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

‘भ्रामक सूचना र साइबर सुरक्षा अहिलेको सबैभन्दा ठुलो चुनौती’

काठमाडौँ । काठमाडौँमा ‘डेभकन २०२५’ सम्मेलन आयोजना गरिएको छ । इडिट इन्टरप्राइज प्रालिको आयोजनामा बिहीबार भएको कार्यक्रममा अमेरिकास्थित पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक डा. जेम्स जोशीले एआई र डेटा गोपनीयताका अवसर र चुनौतीबारे प्रस्तुति दिएका थिए ।

उनले एआईको तीव्र विकाससँगै डेटा यसको आधारशिला भएको बताउँदै मानव बेचबिखन, वित्तीय ठगी, आविष्कारजस्ता क्षेत्रमा डेटा उपयोगबाट अवसर खुल्ने तर साथसाथै गोपनीयता र साइबर सुरक्षामा गम्भीर चुनौती थपिने बताए। पछिल्लो समयमा स्मार्ट उपकरण र आईओटीको प्रयोग बढेसँगै एआईको बजार पनि तीव्र रूपमा बढिरहेको उनले उल्लेख गरे ।

डा. जोशीका अनुसार अहिले साइबर अपराध बढ्दै गएकाले त्यसको नियन्त्रणमा विश्वभर खर्बौँ डलर खर्च भइरहेको छ । साथै, विगतमा मौसमी परिवर्तन र पृथ्वीमा हुने प्राकृतिक परिवर्तन प्रमुख विश्वव्यापी जोखिम मानिँदा अहिले गलत तथा भ्रामक सूचना र साइबर सुरक्षा सबैभन्दा ठुलो चुनौतीको रूपमा देखिएको उनको भनाइ थियो ।

उनले प्रविधिको तीव्र विकासलाई सम्हाल्न नीतिगत तयारी ढिलो भएको भन्दै विश्वका विभिन्न मुलुकमा डेटा सुरक्षासम्बन्धी कानुन निर्माणको क्रम सुरु भए पनि त्यसको कार्यान्वयनमा समस्या रहेको बताए । नेपालले पनि राष्ट्रिय एआई नीति अगाडि सारेको, तर कार्यान्वयनमा ढिलाइ भइरहेको उनले उल्लेख गरे।

कार्यक्रममा डा. जोशीसहित त्रिभुवन विश्वविद्यालय सीएसआईटी विभागका प्रमुख सर्बिन सायमी र फ्लिटपाण्डाकी सङ्गीता शर्मा प्यानल छलफलमा सहभागी भएका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १७:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट