२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

एआईबाट दुरुस्तै आवाज मिलाएर भारतीय पत्रकार रविश कुमारको नाममा युट्युब च्यानल, लाखौं दर्शक झुक्किए

काठमाडौँ । भारतका चर्चित पत्रकार रविश कुमारको नाममा नक्कली युट्युब च्यानल सञ्चालनमा आएको खुलासा भएको छ । स्वयं रविश कुमारले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएका हुन् ।

उनले ‘Ravish Ki News’ नामक नक्कली च्यानलले आफ्नो फोटो र आवाज प्रयोग गरिरहेको बताएका छन् ।

अप्रिल १ देखि सञ्चालनमा आएको यो च्यानलमा छोटो समयमै ६७ लाख एक हजार सब्सक्राइबर पुगेका छन् । हालसम्म नौ वटा मात्र भिडिओ पोस्ट गरिए पनि ती भिडिओमा करिब साढे नौ लाख भ्युज पुगेको छ ।

उक्त च्यानलमा एआई प्रविधि प्रयोग गरी रविश कुमारकै जस्तो आवाज निकालेर भिडिओहरू राखिएको पाइएको छ । उनको बोल्ने शैली, भिडिओको थम्बनेल र जानकारी दिने तरिका दुरुस्तै भएका कारण धेरै दर्शक‍ झुक्किएका छन् ।

च्यानलका सबै भिडिओको सुरुमा रविश कुमारको परिचय देखाइन्छ, तर त्यसपछि अन्य फुटेज र तस्बिरहरू प्रयोग गरिएका छन् । पहिलो भिडिओ सात दिनअघि पोस्ट गरिएको थियो, जसमा रविशको आधिकारिक च्यानल बन्द हुने खतरा बढेकोले नयाँ च्यानल सब्सक्राइब गर्न दर्शकहरूलाई अनुरोध गरिएको छ ।

यसैगरी ‘Ravish K News’ को नाममा करिब ६ महिनादेखि यस्तै युट्युब च्यानल खोलेको पाइएको छ । जसमा १११ ओटा भिडिओ अपलोड भएको देखिन्छ ।

यसैगरी, ‘Ravish K Vichar’ नामक अर्को नक्कली युट्युब च्यानल पनि फेला परेको छ । रविश कुमारले यस च्यानलको बारेमा पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मे ७ मा सुरु भएको यो च्यानलमा हाल दुई सब्सक्राइबर र तीन ओटा भिडिओ पोस्ट भएका छन् । रविशले यी भिडिओ पनि एआई- सिर्जित भएको दाबी गरेका छन् ।

रविश कुमारले आफ्नो नाममा नक्कली च्यानल सञ्चालन भइरहेको जानकारी दिएलगत्तै यो नयाँ च्यानल खोलिएको अनुमान गरिएको छ । ​रविशको आधिकारिक युट्युब च्यानल Ravish Kumar Official हो, जसमा एक करोड ३० लाख बढी सब्सक्राइबर रहेका छन्।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १६:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट