२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

एजेन्सी –भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । राति १ः०५ बजेदेखि साढे १ बजेसम्म भारतले पाकिस्तानका नौ स्थानलाई लक्षित गर्दै आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पाकिस्तानी सेनालाई उद्धृत गर्दै जनाएको छ ।

प्रवक्ता अनुसार आक्रमणमा ४६ जना घाइते भएका छन् । भारतले उक्त आक्रमण ‘अपरेसन सिन्दुर’ नाम दिँदै पहलगाममा भएको आतंकवादी हमलाको प्रतिउत्तर भनेको छ ।

Ncell 2
Ncell 2

भारतको हवाई आक्रमणपछि पाकिस्तानले जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल क्षेत्रमा बमबारी गर्दा १० जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ ।

shivam cement
shivam cement

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतले ठूलो गल्ती गरेको भन्दै त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । भारतले पनि पुनः आक्रमण भए कडा जवाफ दिने बताएको छ ।

फ्रान्सले भारतको समर्थन गर्दै आतंकवादविरुद्धको लडाइँमा साथ रहने विज्ञप्ति निकालेको छ । अमेरिका, चीन र रुसलगायतका देशले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट