२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

कोलकाता र चेन्नई बिच आईपीएल खेल चलिरहँदा ईमेलमार्फत बम विस्फोटको धम्की

काठमाडौँ । कोलकाताको इडन गार्डन्समा जारी कोलकाता नाइट राइडर्स र चेन्नई सुपरकिंग्सबिचको आईपीएल क्रिकेट खेलको क्रममा बम विस्फोटको धम्की आएको छ । क्रिकेट एसोसिएसन अफ बंगालको आधिकारिक ईमेलमा अज्ञात ठेगानाबाट बम विस्फोटको धम्कीपूर्ण सन्देश प्राप्त भएको आजतकले जनाएको छ ।

समाचार अनुसार धम्की आउनासाथ कोलकाता प्रहरी तत्कालै अनुसन्धानमा जुटेको छ । घटनास्थलमा प्रहरी र सुरक्षा निकायहरूले जाँच सुरु गरिसकेका छन् ।

इडन गार्डन्स स्टेडियमको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्पूर्ण परिसरलाई उच्च सतर्कतामा राखिएको छ । खेल चलिरहेकै अवस्थामा धम्की आएपछि दर्शक र आयोजकमा त्रासको वातावरण सिर्जना भएको समाचारमा उल्लेख छ ।

यद्यपि खेल रोकिएको छैन । समाचार अनुसार मैदानस्थलमा बम डिस्पोजल टोली र गुप्तचर निकायहरू पनि तैनाथ गरिएको छ ।

क्रिकेट एसोसिएसन अफ बंगालको ईमेलमा कसले धम्की पठायो भन्ने खुलेको छैन । सुरक्षा निकायहरूले यो ईमेल कुनै साइबर चालबाजीको हिस्सा हो वा वास्तवमै कुनै खतरा छ भनेर अनुसन्धान गरिरहेको आजतकले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ २१:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट