२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता

काभ्रेपलाञ्चोक– वैशाख २२ गतेदेखि काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखुमा बस्दै आएका ११ परिवारका ४४ जना रोहिंगा शरणार्थीलाई बुधबार स्थानीय प्रशासनले फिर्ता पठाएको छ ।

कपनबाट अस्थायी रूपमा बसोबास गर्न धुलिखेल आएका म्यानमारका रोहिंगा शरणार्थीलाई काठमाडौं फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।

शरणार्थीहरू शंखुमा खाली स्थानमा भाडामा बस्ने गरी आएका थिए । वडा अध्यक्ष मोहनप्रसाद लामिछाने सहित प्रहरी, जनप्रतिनिधि र स्थानीयले छलफल गरेर उनीहरूलाई फिर्ता पठाएका हुन् । 

Ncell 2
Ncell 2

११ परिवारका बच्चा सहित ४४ जना रोहिंगालाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । ४९ जना शरणार्थीमध्ये ३ जना धुलिखेल अस्पतालमा छन् । एक जना शरणार्थी सुत्केरी रहेकाले उनको परिवार अस्पतालमा छन् । १ जना भने अध्ययनका लागि ललितपुर गएका थिए ।

प्रहरीका अनुसार केही समय पहिले वाल लगाउने कामको लागि बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेको टोलबाट काभ्रे आएका थिए ।

shivam cement
shivam cement

यस अघि रोहिंगा समुदायले पनौती नगरपालिका—३ कुशादेवीमा टहरा बनाएका थिए । केहीदिनमा नै स्थानीयले अवरोध गरे पछि उनीहरू ठाउँ छाडेर हिँडेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट