२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

३ राफेलसहित भारतका ५ लडाकु विमान र १ ड्रोन खसालेको पाकिस्तानको दाबी

काठमाडौँ । पाकिस्तानले भारतीय हवाई हमलाको जवाफी कारबाहीमा आफ्नो सेनाले भारतका पाँच लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले खसालिएका विमानमध्ये तीन ओटा फ्रान्सबाट खरिद गरिएका राफेल जेट रहेको लेखेको छ ।

सीएनएनका अनुसार पाकिस्तानी स्रोतले भारतले केही वर्षअघि फ्रान्सबाट किनेको बहुमूल्य सैन्य सम्पत्तिमध्येका तीन ओटा राफेल जेट खसालेको दाबी गरेको छ । यद्यपि पाकिस्तानले विमान कहाँ र कसरी खसालिएको हो भन्नेबारे विस्तृत जानकारी दिएको छैन ।

भारतले भने अहिलेसम्म आफ्नो कुनै पनि विमान हराएको वा खसालिएको पुष्टि गरेको छैन ।

यसैबिच भारत प्रशासित कश्मीरको वुयान गाउँमा एक अज्ञात विमान दुर्घटनाग्रस्त भएको एक प्रत्यक्षदर्शी र स्थानीय सरकारी अधिकारीले बताएका छन् । समाचार एजेन्सी एएफपीले सार्वजनिक गरेको तस्बिरमा खेतमा विमानको भग्नावशेष देख्न सकिन्छ । तर विमान कसको हो भन्ने स्पष्ट भइसकेको छैन ।

त्यस्तै न्युज अजरबैजानले पाकिस्तानले भारतको एक ड्रोन कोल्टी क्षेत्रमा खसालेको उल्लेख गरेको छ ।

यस घटनाक्रमका बिच पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बुधबार भारतको पछिल्लो कारबाहीलाई ‘युद्धउन्मुख कार्य’को संज्ञा दिँदै आफ्नो देशलाई जवाफ दिने ‘पूर्ण अधिकार’ रहेको बताएका छन् ।

२२ अप्रिलमा पहलगाममा भएको आतंककारी हमलाको १५ दिनपछि ‘अपरेसन सिन्दुर’ अभियान अन्तर्गत बुधबार दिउँसो भारतले यो हमला गरेको हो । 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बहावलपुरमा भएको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद जस्ता आतङ्कवादी समूहका मुख्यालय पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १६:५९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट