२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

बीपी क्यान्सर अस्पतालबाट गएका टोलीले दिए सुर्खेतमा सेवा

सुर्खेत- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका चिकित्सकसहितको टोलीले सुर्खेतमा क्यान्सर परीक्षण तथा उपचार सेवा दिएका छन्।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलको नेतृत्वमा चितवनबाट सुर्खेत पुगेका टोलीले प्रादेशिक अस्पताल सुर्खेतमा बिरामीलाई सेवा दिएका हुन्।

बीपी क्यान्सर अस्पतालका टोलीले सुर्खेतमा पुगेर १२६ जनालाई सेवा दिएका छन्। क्यान्सर विशेषज्ञसहितको टोलीले सुर्खेतमा पाठेघरको मुखको क्यान्सर जाँच ६२ जनामा गरेका छन्। जसमा १२ जनामा भिआइए पोजिटिभ, १जनामा सिए सर्भिक्स र अर्का एक जनाम सिए ओभरी देखिएको डा पौडले नेतृत्वको टोलीले जनाएको छ।

यसैगरी, सुर्खेतमै टोलीले चार जनाको क्यान्सर सम्बन्धी नाका, कान घाँटीको शल्यक्रिया समेत गरेका छन्।

बीपी क्यान्सर अस्पतालबाट डा पौडेलसहित डा विवेक कँडेल, डा सुनिल ढकाल, डा सिरता राना, डा विजय न्यौपाने र नर्सिङ चिफ अनिता देवकोटा र वरिष्ठ स्टाफ नर्स मनिता ढकालले सेवा दिएको प्राविधिक उपसमितिका सदस्य सचिव रमेश शर्मा पौडेलले जानकारी दिए।

प्रदेश अस्पतालबाट अस्पताल निर्देशक डा केशर ढकालको नेतृत्वमा डा विकास केसी र डा उपेन्द्रकृष्ण रेग्मी लगायतको टोलीले सहयोग गरेका थिए।

बीपी क्यान्सर अस्पतालले यसअघि पनि सर्खेतमा पुगेरका तीन पटक सेवा दिइसकेको छ। स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार बीपी क्यान्सर अस्पतालले कर्णाली प्रादेशीक अस्पताल सुर्खेतसँग क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार नै अस्पतालले चौथो पटक सेवा दिएको हो।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट