२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

च्याम्पियन्स लिग र आईपीएललाई छायाँमा पार्दै सामाजिक सञ्जालको ट्रेन्डिङमा भारत-पाकिस्तान युद्ध

काठमाडौँ । भारत-पाकिस्तान युद्ध यतिखेर सामाजिक सञ्जालको ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । रातको समयमा भएका रोमाञ्चक यूईएफए च्याम्पियन्स लिग र आईपीएल म्याचलाई पछि पार्दै छिमेकी दुई देशबिचको युद्ध सबैभन्दा चर्चाको विषय बनेको हो ।

९ वैशाख (अप्रिल २२)मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाका क्रममा एक जना नेपालीसहित २६ जनाको हत्या भएको थियो । उक्त घटनामा कयौँ घाइते भएका थिए । सोही आतङ्कवादी हमलाको १५ दिनपछि भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तानमाथि बदला स्वरूप हमला गरेको हो । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा भारतले मिसाइल आक्रमण गरेसँगै दुई देशबिच युद्धको स्थिति देखिएको हो ।

उक्त हमलापछि पाकिस्तानले एउटा विज्ञप्ति जारी गर्दै भारतसँग बदला लिने प्रतिक्रिया दिएको छ । पाकिस्तान सरकारले भारतीय हमलामा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । बुधबार पाकिस्तानी सेनाले सीमा क्षेत्रमा फायर खोल्दा ३ जना भारतीयको मृत्यु भएको बताइएको छ ।

त्यससँगै भारत र पाकिस्तानको पक्ष-विपक्ष र तटस्थ कोणबाट सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइरहेको छ । 

अर्कोतर्फ च्याम्पियन्स लिग अन्तर्गत भएको रोमाञ्चक खेलमा बार्सिलोना हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरियो । सँगसँगै भारतमै आईपीएल क्रिकेट प्रतियोगिता चलिरहेको छ । नेपालमा समेत ठुलो फ्यान-फलोइङ रहेका यी महत्त्वपूर्ण खेल प्रतियोगिताको सन्दर्भ सामाजिक सञ्जालमा भारत-पाकिस्तान युद्ध सामु छायाँमा परे ।

बुधबार सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा भारत-पाकिस्तान युद्ध पहिलो नम्बरको ट्रेन्डिङमा चलिरहेको छ । यो सामग्री तयार पार्दासम्म १७ लाखभन्दा बढी पोस्ट #operationsindoor को नाममा भएका छन् । उक्त ह्यासट्याग नेपालमा पनि ट्रेन्डिङमा छ ।

पाकिस्तान (Pakistan) दोस्रो नम्बरको ट्रेन्डिङमा छ । त्यसपछि तेस्रो स्थानमा मात्रै स्पोर्ट्स अन्तर्गत बार्सिलोना ट्रेन्डिङमा चलिरहेको छ । चाैथो स्थानमा बार्सिलोनाकै खेलाडी रोनाल्ड अराउजो छन् । आईपीएल भने ट्रेन्डिङको छैटौँ स्थानमा सीमित भएको छ  । जहाँ मङ्गलबार मुम्बई इन्डियन्स र गुजरात टाइटान्सबिच खेल भएको थियो। 

यता सामाजिक सञ्जाल फेसबुकमा पनि अपरेसन सिन्दूरको ह्यासट्याग प्रयोग गरेर १२ लाखभन्दा धेरै पोस्टहरू भएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १४:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट