२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

लाकुरी भञ्याङको टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड

काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा लडेको पाइएको छ।

उच्च स्रोतकाअनुसार प्रचण्डसहितका व्यक्ति मंगलबार टेरेस रिसोर्टमा रात बिताउने गरी गएका थिए। सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दिएको हो।

गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो। टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए।

Ncell 2
Ncell 2

छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्।

यता प्रचण्डको सचिवायलय बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन।

shivam cement
shivam cement

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने घरमै लडेको दावी गरेका छन् । उनले भने, ‘घरमै भएको घटना हो । बाहिर चलेको हल्लाबारे थाहा भएन ।’

प्रचण्ड हिजो आफ्ना परिवार र आफन्तसहित एउटा वैवाहिक कार्यक्रमका लागि उक्त रिसोर्ट गएका थिए । त्यही रिसोर्टमा उनले रात बिताएका हुन् । उनी मध्यरात लडेपछि तुरुन्तै मेडिसिटी अस्पताल ल्याइएको स्रोतले बतायो । प्रचण्डको टाउकोमा टाँका लगाइएको छ ।

छोरीज्वाइहरुसहित गएका प्रचण्डले राति खानपिनसहित रमझम गरेका थिए । उनी बिहान नहुँदै बाथरुममा लडेको बताइए पनि विस्तृत विवरण आएको छैन ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट