२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

राष्ट्र बैङ्कको निर्देशन: एटीएमसँगै सम्बन्धित कर्मचारीको सम्पर्क नम्बर राख्नू

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई एटीएम कारोबार सम्बन्धी समस्या भएमा तत्काल सहायता प्रदान गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । 

मंगलबार एक सूचना जारी गर्दै आफ्नो एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर लगायतका विवरण राख्न निर्देशन दिएको हो । उक्त विवरण राख्दा सबैले बुझ्न सक्ने गरि अङ्ग्रेजी र नेपाली भाषामा नै उपलब्ध गराउन समेत भनेको छ ।

यस्ता विवरण राखेमा ग्राहकहरूले एटीएम सम्बन्धी कारोबारमा केही समस्या भएमा तत्कालै सम्पर्क गरेर आफ्ना जानकारी राख्न सक्नेछन् । यसले समस्या समाधानको प्रक्रियामा जान पनि छिटो र सहज हुने बताइएको छ ।

यस्तै, एटीएममा केही प्राविधिक समस्या आएर सञ्चालन हुन नसकेमा बैङ्क तथा वित्तीय संस्थाले यसको जानकारी तत्कालै एटीएम भएका स्थानसम्म पुर्‍याउनु पर्ने प्रावधान रहेको राष्ट्र बैङ्कले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १२:३२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट