२०८२ जेष्ठ १७ शुक्रबार
२०८२ जेष्ठ १७ शुक्रबार

स्वास्थ्य बीमा :  बिमितको संख्या भन्दा दाबी संख्या बढी, सरकारी भन्दा निजी अस्पतालको औसत दाबी तीन गुणाले धेरै

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा जम्मा बिमित जनसंख्या ८२ लदाख ९२ हजार १४१ रहेको छ। सोही आर्थिक वर्ष बीमा दाबीको संख्या भने ९७ लाख ४ हजार ३७८ रहेको छ। 

दाबी गरिएका ९७ लाख बढीमा त्यसको ५० प्रतिशत भन्दा बक रुजु एको देखिएको छ। रुजु एवं पूर्ण मूल्याकंन भएको दाबी संख्या जम्मा ४५ लाख ७२ हजार १३६ रहेको छ। जनसंख्या आधारमा २८ प्रतिशत स्वास्थ्य बीमामा समेटिएका छन्। 


निजीको औसत दाबी उच्च

बोर्डले आर्थिक वर्ष २०८०/०८१ अस्पतालका प्रकारसहित दाबी संख्या र दर सार्वजनिक गरेको छ। जहाँ सरकारी अस्पताल भन्दा निजी अस्पतालको औसत दाबी रकम तेब्बर देखिएको छ। 
निजी अस्पतालमा एक बिरामी बाफत ४ हजार ४६५ रुपैयाँ दाबी गरिएको छ भने सरकारीमा जम्मा १ हजार ६ सय ८५ रहेको छ। 


बागतमी तर कोशीमा दाबी प्रतिशत उच्च

दाबी प्रतिशत उच्च हुनेमा बागमती प्रदेश र कोशी प्रदेश रहेका छन्। बागमतीमा जम्मा बीमा गर्ने मध्ये ३२.५ र कोशीमा ३२ प्रतिशतले बीमा दाबी गरेका छन्। जबकी सुदूरपश्चिम, कर्णाली र मधेशमा बीमा गर्ने १०० जनामा जम्मा ४ जना भन्दा कमले बीमाको सुविधा लिएको देखिएको छ। 


धेरै दाबी गरिने रोग उच्च रक्तचाप र मधुमेश
बीमाबाट धेरै दाबी गरिने रोगमा उच्च रक्तचाप र मधुमेश देखिएका छन्। दाबी संख्याको ८.१ प्रतिशत उच्च रक्तचाप, ७ प्रतिशच टाइप २ मधुमेह रहेका छन्। 

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट