२०८२ भाद्र २६ बिहीबार
२०८२ भाद्र २६ बिहीबार

श्रम मन्त्रालयअन्तर्गतको अनलाइन सेवा प्रभावकारी बनाउन मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मन्त्रालयअन्तर्गतको डिजिटल प्रविधिलाई तत्काल स्तरोन्नति गरी नागरिकलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन्। गोरखापत्रमा प्रकाशित समाचारअनुसार, श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सीप विकास र रोजगारसम्बन्धी सेवाहरूलाई स्थानीय तहमै उपलब्ध गराउने गरी प्रणालीलाई विस्तार गर्नुपर्ने मन्त्रीको निर्देशन छ।

मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री भण्डारीले श्रम बजार सूचना प्रणाली निर्माणमा ढिलाइ नगर्न पनि निर्देशन दिएका छन्। उनले आन्तरिक रोजगार व्यवस्थापन महाशाखालाई डिजिटलाइजेसनको नेतृत्व गर्न र मिति तोकेर काम अघि बढाउन आग्रह गरेका थिए।

आगामी वर्षदेखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड, र व्यावसायिक सिप प्रतिष्ठानमार्फत् सेवा प्रवाह हुने पनि मन्त्री भण्डारीले बताएका छन् । छलफलमा सूचना प्रविधि विज्ञ, मन्त्रालयका अधिकारी, विश्व बैंक, स्विस कन्ट्याक्ट, सामी, र रेमी परियोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ ९:५३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट