काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोष सचिवालयले ‘स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’का लागि आवेदन माग गरेको छ। सचिवालयले सार्वजनिक सूचना जारी गर्दै पुरस्कारका लागि आवेदन माग गरेको हो।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री, बितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ठ ६ लाई पुरस्कार दिइने जनाएको छ।
छनौट भएका व्यक्ति तथा संस्थालाई आगामी ३१ मे का दिन विश्व धूम्रपान रहित दिवसका अवसरमा पुरस्कार प्रदान गरिनेछ।
पुरस्कार सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, बितरण गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्न वा धूम्रपान तथा सूर्ति सेवन गर्ने कार्य बिरुद्ध जनचेतना जगाउने कार्यमा वा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी प्रचलित कानून कार्यान्वयनमा योगदान पुर्याउने व्यक्ति, पत्रकार, संघ-संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीलाई यो पुरस्कार दिइनेछ।
पुरस्कारका लागि व्यक्ति तथा संस्थाले आगामी ३० बैशाख भित्र आवेदन पेश गर्नुपर्नेछ।
पुरस्कारको स्रोत ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड हो । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून बनाएको भन्दै नेपालले पाएको अन्तराष्ट्रिय पुरस्कारको राशीबाट यो पुरस्कारको थालनी भएको हो।
स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनाएको कानुन अन्तर्गत सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमुलक घातक चित्र राख्नुपर्ने व्यवस्था गरेपछि सन् २०१५ मा नेपालले ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्राप्त गरेको थियो ।
सामाग्री श्रोत :
swasthyakhabar

