२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

आफ्नो पहिलो ३६० डिग्री ओस्मो क्यामेरा ल्याउँदै ड्रोन निर्माता कम्पनी डीजेआई

काठमाडौँ । ड्रोन बनाउने विश्वप्रसिद्ध कम्पनी डीजेआईले अहिलेसम्म आफ्नो कुनै पनि ३६०-डिग्री क्यामेरा घोषणा गरेको छैन । तर, हालै ‘डीजेआई ओस्मो ३६०’ भनिने यसको पहिलो 360-डिग्री क्यामेराको फोटो र केही महत्त्वपूर्ण जानकारी इन्टरनेटमा लिक (बाहिरिएका) भएका छन् ।

हाकासुशी इगोर बोगडानोभ नामक दुई व्यक्तिले यस क्यामेराको प्रोटोटाइप (परीक्षण संस्करण) का दर्जनौं फोटोहरू सार्वजनिक गरेका हुन् । यी फोटोहरूमा क्यामेराको बाहिरी भाग, भित्री भाग र यसको क्विक स्टार्ट गाइड समेत समावेश छन् ।

लिक भएका यी फोटो र जानकारीबाट डीजेआईले अब इन्स्टा३६० र भविष्यमा आउने गोप्रो म्याक्स २ जस्ता क्यामेराहरूसँग प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको हुन सक्ने देखिएको छ । यस्ता क्यामेराहरूले वरपरको पूरै ३६० डिग्रीको संसारलाई एकै पटक कैद गरेर आकर्षक फोटो र भिडिओ बनाउन मद्दत गर्दछन् ।

डीजेआईले आफ्नो यो क्यामेरालाई सानो र स्क्वायर आकारमा डिजाइन गरेको देखिन्छ । यो लामो स्टिक आकारका क्यामेराभन्दा फरक छ । फोटो अनुसार, यसको चौडाइ लगभग ६.५ सेन्टिमिटर (२.६ इन्च) र उचाइ ९ एमएम जति हुन सक्छ ।

यद्यपि, भिडिओको रेजोलुसन र फ्रेमरेट जस्ता महत्त्वपूर्ण विशेषताहरूबारे अहिले नै पर्याप्त जानकारी उपलब्ध छैनन् । तर, लिक भएका फोटो र क्विक स्टार्ट गाइडबाट केही कुराहरू थाहा पाउन सकिन्छ ।

  • यसमा पावर अन/अफ, रेकर्डिङ सुरु/बन्द र मेनु कन्ट्रोलका लागि तीन ओटा बटनहरू छन् ।

  • क्यामेरामा ट्याप गरेर वा स्वाइप गरेर चलाउन मिल्ने टचस्क्रिन रहेको छ ।

  • यसमा डीजेआईको ओस्मो एक्सन सिरिजमा प्रयोग हुने जस्तै देखिने फेर्न मिल्ने ७.५५ डब्लूएच पावर क्षमताका ब्याट्रीहरू प्रयोग हुनेछन् ।

  • यसको मोडेल नम्बर “OQ001” हो ।

  • यसमा माइक्रोएसडी कार्ड राख्न मिल्छ, यूएसबी-सी पोर्टबाट चार्ज गर्न सकिन्छ ।

  • वायरलेस कनेक्टिभिटीका लागि वाई-फाई सिक्स र ब्लुटुथ ५.१ दिइएको छ ।

  • यसलाई विभिन्न एक्सेसरिजमा माउन्ट गर्न सक्छ ।

  • यसको ट्राइपड माउन्ट वरिपरि चारवटा कुपर कन्ट्याक्ट छन् । यसले कुनै एक्सेसरी मार्फत पावर वा डेटा आदानप्रदान गर्न सहयोग गर्न सक्ने अनुमान गरिएको छ ।

क्यामेराको भित्री बनावट हेर्दा डीजेआईको इन्स्टा ३६० मा जस्तै गरी क्यामेरा सेन्सरहरू राखेको देखिन्छ । सिधा लेन्सको अगाडि सेन्सर राख्नुको साटो प्रकाशलाई ४५-डिग्रीको ऐना बाट उछिट्टाएर सेन्सरमा पठाइएको छ । यो एउटा प्रोटोटाइप जस्तो देखिन्छ र भित्री भागमा परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ ८:२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट