काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन्।

गए राति खुमलटारस्थित शौचालयमा लडेका प्रचण्डलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।
उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्डलाई इमर्जेन्सीमा भर्ना भएका थिए। उनी आज विहान पाँच बजे डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ।
सामाग्री श्रोत :
