२०८२ बैशाख २४ बुधबार
२०८२ बैशाख २४ बुधबार

बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं  –स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मंगलबार राति भएको रोमाञ्चक खेलमा बार्सिलोनालाई समग्रमा इन्टर ७–६ ले हराउँदै इन्टर फाइनलमा पुगेको हो । बार्सिलोनामा भएको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो । दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४–३ ले हरायो ।

निर्धारित ९० मिनेट ३–३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे । 

Ncell 2
Ncell 2

दोस्रो हाफको १५ मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए । लगत्तै बार्साको काउन्टरमा गार्सियाकै अन्तिम प्रहारलाई गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गरे । तर, ६० औं मिनेटमा मार्टिनकै पासमा ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो ।

shivam cement
shivam cement

८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो । डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । इन्टर अब पीएसजी र आर्सनलबीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल मे ३१ मा हुनेछ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट