२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

युवा उद्यमीलाई २५ लाखसम्म स्टार्टअप कर्जा, ६६१ परियोजना छनोट

काठमाडौँ । सरकारले युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले ल्याएको स्टार्टअप कर्जा कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा ६६१ वटा परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना जारी गर्दै कर्जाका लागि सिफारिस भएका उद्यमीहरूको नाम सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिँदै ‘उद्यममा युवा सँगै सरकार!’ भन्ने नारालाई साकार पार्ने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताएका छन् । उनले उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप यो कार्यक्रम अगाडि बढाइएको उल्लेख गरे ।

प्रतिष्ठानका अनुसार अनलाइन र भौतिक रूपमा गरी पाँच हजार १५८ युवा उद्यमीले स्टार्टअप कर्जाका लागि प्रस्ताव दर्ता गरेका थिए । दर्ता भएका प्रस्तावहरू मध्ये एक हजार ३१४ उद्यमीले आफ्नो परियोजनाको प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणका आधारमा मूल्यांकन गरी ६६१ वटा परियोजनालाई कर्जाका लागि छनोट गरिएको हो ।

छनोट भएका उद्यमीहरूले आफ्नो व्यवसाय सञ्चालन तथा विस्तारका लागि २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन् । सरकारको यो पहलले युवाहरूलाई स्वरोजगार बन्न र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिष्ठानले छनोट भएका उद्यमीहरूलाई कर्जा प्राप्त गर्ने प्रक्रियाका बारेमा छिट्टै जानकारी गराउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ २२:५३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट