२०८२ बैशाख २३ मंगलवार
LATEST NEWS
२०८२ बैशाख २३ मंगलवार

वीरगन्जबाट उदाएको सफ्टवेयर कम्पनी- डाइनामिक टेक्नोसफ्ट, अबको नजर विश्व बजार

काठमाडौँ । मधेश प्रदेशको मुटु वीरगन्ज । अनि त्यहाँका तीन युवाले देखेको एउटा सपना । सपना थियो- प्रविधिको माध्यमबाट नेपाललाई नयाँ उचाइमा पुर्‍याउने । यही सपना साकार पार्न दीपक साह, सचिन साह र अर्जन साहले १५ वर्षअघि एउटा सानो कोठा भाडामा लिएर सुरु गरे ‘डाइनामिक टेक्नोसफ्ट’ ।

‘डाइनामिक’ अर्थात् सधैं चल्ने, परिवर्तनशील । अनि ‘टेक्नोसफ्ट’ अर्थात् टेक्नोलोजी र सफ्टवेयरको संगम । नामले नै कम्पनीको गतिशील सोच र सफ्टवेयरको माध्यमबाट समाधान दिने उद्देश्य झल्काउँछ ।

सुरुवात त सधैं कठिन हुन्छ । वीरगन्ज गर्मी ठाउँ भएपनि आईटीको माहोल त्यति तातो थिएन । उनीहरूलाई मुख्यत: आवश्यक लगानीकै अभाव थियो । स्थानीय स्तरमा प्राविधिक मान्छे पनि खासै थिएनन् । अर्कोतर्फ बजारसम्म पुग्न धेरै संघर्ष गर्नुपर्थ्यो ।

तर यी युवा हार मान्ने खालका थिएनन् । उनीहरूमा अटुट विश्वास र नयाँ सोचको ऊर्जा थियो । भन्छन् नि, ‘जहाँ इच्छा, त्यहाँ उपाय ।’ उनीहरूको चाहना बलियो थियो । त्यसैले त आज डाइनामिक टेक्नोसफ्टले नेपालको सफ्टवेयर क्षेत्रमा छुट्टै पहिचान बनाएको छ ।

त्यतिबेला व्यापार-व्यवसाय तथा सेवा क्षेत्रमा समेत सफ्टवेयर किनेर चलाउनुपर्छ भन्ने ज्ञान थिएन । यस्तोबेला विद्यासदन, मास्कर्ड र एन्जल स्कुललाई यी तीन युवाले डाइनामिक एकेडेमिक ईआरपी प्रतिवर्ष १० हजार रुपैयाँमा खरिद गर्न राजी बनाए । त्यहीँबाट डाइनामिक टेक्नोसफ्टको व्यावसायिक यात्रा अगाडि बढ्न थाल्यो । वीरगञ्ज उद्योग वाणिज्य संघको सफ्टवेयर बनाएपछि कम्पनीले थप प्रगति गर्‍यो । 

वीरगञ्जबाट सुरु भएको यो कम्पनीको यात्रा बिस्तारै देशका मुख्य सहरहरूमा फैलियो । सन् २०१७ मा आइसक्दा ५० जिल्लामा कम्पनीका ग्राहक विस्तार भए । काठमाडौंमा कर्पोरेट कार्यालय खोलियो । बुटवल, इटहरी, पोखरा, नेपालगञ्ज हुँदै आज सातै प्रदेशमा ५० बढी आधिकारिक डिलरमार्फत कम्पनीले सेवा दिइरहेको छ । त्यतिमात्रै नभई, भारतको चेन्नईमा समेत कार्यालय खोली त्यहाँको बजारमा कम्पनीले ग्राहक विस्तार गरिरहेको छ ।

“कम्पनीको प्रडक्टमा विश्वास थियो । तर अरू जिल्लामा बजार विस्तार गर्न जाँदा धेरै अप्ठ्यारा आए । वीरगन्जमा स्थापना भएको कम्पनी भन्दा विश्वास नै गर्थेनन्,” सुरुवाती दिन सम्झिँदै सीईओ दीपक साह भन्छन्, “टेक्नोलोजी काठमाडौँमा पहिला आउँछ भन्ने सोच थियो । हामीले मोफसलबाट सेवा दिन थालेका थियौँ । सेवाग्राहीको मन जित्न धेरै समय लाग्यो ।”

अनेक हन्डर ठक्कर, तर आत्मविश्वास र ग्राहक सन्तुष्टिले डाइनामिक टेक्नोसफ्ट अगाडि बढ्दै गयो । हालैमात्र स्थापनाको १५ वर्ष पूरा गरेको कम्पनीमा संस्थागत ग्राहक संख्या २२०० नाघेको छ । खुसीको कुरा त के छ भने कम्पनीका सेवा लिनेहरू नेपालमा मात्र नभई भारत र जापानसम्म फैलिएका छन् । निजी कम्पनीदेखि सरकारी संस्थासम्मले डाइनामिक टेक्नोसफ्टले विकास गरेका ईआरपी र सफ्टवेयर सेवालाई विश्वास गरेका छन् । सानोदेखि ठुलासम्म विभिन्न क्षेत्रका कम्पनीहरूले उनीहरूको समाधान प्रयोग गरिरहेका छन् । 

धेरैलाई थाहा नहुन सक्छ, डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । आन्तरिक राजस्व विभागले आर्थिक कारोबारको पारदर्शिता र कर संकलन प्रक्रियालाई थप प्रभावकारी बनाउनका लागि जारी गरेको ईनभ्वाइस प्रणाली तथा सफ्टवेयर प्रमाणीकरणसम्बन्धी व्यवस्था (२०७३ सालको आन्तरिक राजस्व ऐनअनुसार) को मापदण्ड अनुसार डाइनामिक टेक्नोसफ्टले आवश्यक प्रविधि, सुरक्षा र प्रणालीगत पूर्वाधार पूरा गरी आधिकारिक रूपमा ईआरपी सेवा प्रवाहको स्वीकृति पाएको हो ।

“डाइनामिक टेक्नोसफ्टले आफ्नो कामलाई एउटा विशेष दर्शनबाट डोर्‍याउँछ त्यो हो- CLEAR,” सीईओ साह भन्छन्, “यो केवल एउटा शब्द नभइ हाम्रो लागि पाँच मूल मन्त्र हो । क्लाइन्ट-फोकस्ड, लिडरशिप, इफेक्टिभ, एस्पिरेसन र रिजल्ट हो ।” 

उनी अगाडि भन्छन्, “हाम्रो मिसन नेपालको दिगो आर्थिक समृद्धिका लागि प्रविधिगत रूपान्तरणमा सहजीकरण गर्नु हो । हामीलाई पूरा विश्वास छ कि नेपाललाई डिजिटाइज गरेर समृद्ध बनाउने लक्ष्य पक्कै पूरा हुनेछ ।”

टिम डाइनामिक टेक्नोसफ्ट

कम्पनीका मुख्य उत्पादन

डाइनामिक टेक्नोसफ्टले सफ्टवेयर डेभलपमेन्टदेखि ईआरपी प्रणाली, मोबाइल एप बनाउनेदेखि वेबसाइट र होस्टिङसम्म, अनि अनलाइन हाजिरी व्यवस्थापनसम्म कम्पनीले धेरैथोक गर्छ । यसअन्तर्गत कम्पनीका केही उत्पादन विशिष्ट छन् ।

‘डाइनामिक ईआरपी’ जसले बिजनेस र एडमिनिस्ट्रेसनलाई चुस्त बनाउँछ । त्यस्तै ‘एकेडेमिक ईआरपी’ ले विद्यालय र कलेजको व्यवस्थापन सजिलो बनाइदिएको छ । ‘हस्पिटल ईआरपी’ ले स्वास्थ्य सेवा क्षेत्रमा सहजता ल्याएको छ ।

त्यस्तै, ‘एचआरएम/पे-रोल सिस्टम’ मानव संशाधन व्यवस्थापनलाई व्यवस्थित गर्न बनाइएको हो भने ‘सीईएमएस ईआरपी’ ले स्थानीय सरकारलाई काम गर्न सहज बनाइरहेको कम्पनी बताउँछ । अनि व्यापार संघ र संस्थाहरूको लागि कम्पनीले विशेष सफ्टवेयर नै बनाएको छ । सीईओ साहका अनुसार डाइनामिक टेक्नोसफ्टका ईआरपी प्रणाली ८०० भन्दा बढी विद्यालय र कलेजमा अनि १०० भन्दा बढी अस्पताल र मेडिकल कलेजमा चलिरहेको छ । 

डाइनामिक टेक्नोसफ्टका सेवाहरू

भेन्चर कम्पनीका रूपमा सेवा क्षेत्र विस्तार

कम्पनीका सहसस्थापकहरु दीपक साह सीईओ, सचिन साह सीटीओ (चिप टेक्निकल अफिसर) र अर्जन साह चिफ अपरेटिङ अफिसर (सीओओ) को भूमिकामा छन् । डाइनामिक टेक्नोसफ्ट अहिले एउटा भेन्चर कम्पनीको रूपमा ठुलो परिवार जस्तै बनिसकेको छ । आज यस समूह अन्तर्गत आठ ओटा सहायक कम्पनीहरू चलिरहेका छन् । यी कम्पनीहरूले प्रविधि, निर्माण, वित्तीय र सेवा जस्ता विभिन्न क्षेत्रमा काम गरेर समूहलाई अझ बलियो बनाएको सीईओ साह बताउँछन । 

डाइनामिक भेन्चर अन्तर्गतका सहायक कम्पनीहरू

कम्पनीका ग्राहकहरू पनि विभिन्न क्षेत्रबाट आएका छन् । शैक्षिक क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजले डाइनामिक टेक्नोसफ्टलाई विश्वास गरेका छन् भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल र मेडिकल कलेजले यस कम्पनीको सफ्टवेयर प्रयोग गरिरहेका छन् । १५ भन्दा बढी ठुला कर्पोरेट घरानाहरूले डाइनामिक टेक्नोसफ्टको एचआरएम/पे-रोल सिस्टम अपनाएका छन् । 

हाल डाइनामिक टेक्नोसफ्ट समूह अन्तर्गत १५० बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

अवार्ड तथा उपलब्धि

यो १५ वर्षको अवधिमा गरेका कामले डाइनामिक टेक्नोसफ्टलाई बजारमा छुट्टै पहिचान दिलाएको छ । गत वर्ष कम्पनीले नेपाल सरकारबाट राष्ट्रिय आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर) पायो । त्यस्तै, जापानमा भएको एसोसियो सम्मेलनबाट यस कम्पनीले एसोसियो एडटेक अवार्ड २०२४ जित्यो । यी उपलब्धिहरूले कम्पनीको सेवाको गुणस्तरमाथि सबैको विश्वास बढाएको साह बताउँछन् ।

कम्पनीले पाएका अवार्ड तथा सम्मान

भावी योजना

डाइनामिक टेक्नोसफ्टले आफ्नो जन्मथलो मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने योजना बनाएको छ । विशेषगरी त्यहाँ प्रशिक्षण केन्द्र खोलेर स्थानीय प्रतिभालाई विकास गर्ने कम्पनीको कार्यक्रम छ । साथै कम्पनीको नजर अब दुबई, मलेसिया र इन्डोनेसिया जस्ता अन्तर्राष्ट्रिय बजारमा पुगेको छ ।

“डाइनामिक टेक्नोसफ्ट मधेशमा जरा गाडेर पनि विश्वका चुनौतीहरू सामना गर्न तयार छ,” सीईओ साह भन्छन्, “हामी भविष्यमा थप योजनाबद्ध तरिकाले आउनेछाैँ ।”

शब्द-चित्रमा डाइनामिक टेक्नोसफ्ट

 

























विवरण

जानकारी

कम्पनीको नाम

डाइनामिक टेक्नोसफ्ट प्रालि

स्थापना वर्ष 

२०१०

संस्थापकहरू

दीपक साह, सचिन साह र अर्जन साह

सीईओ

दीपक साह

सेवा क्षेत्र

सफ्टवेयर विकास, ईआरपी प्रणाली, मोबाइल एप, वेब होस्टिङ, ई–गभर्नेन्स सोलुसन्स

मुख्य कार्यालय ठेगाना

वीरगन्ज, पर्सा

अन्य कार्यालयहरू

काठमाडौं, बुटवल, पोखरा, इटहरी, नेपालगञ्ज, जनकपुर, भारत (चेन्नइ) 

कारोबार डाइनामिक समूह अन्तर्गत वार्षिक १५ करोड रुपैयाँ बढी

ईमेल

[email protected]

फोन

०५१–५२६२६२

संस्थागत ग्राहक सङ्ख्या

२२००+

सामाजिक सञ्जाल

वेबसाइट, फेसबुक, लिंक्डइन, युट्युब

सेवा

शैक्षिक संस्था, अस्पताल, स्थानीय तह, बैंक/वित्त, व्यावसायिक संस्थाका लागि ईआरपी सफ्टवेयर, HR/Payroll, Attendance, CEMS प्रणाली

ग्राहक कम्पनीहरू

निजी र सार्वजनिक संस्था, विद्यालय–कलेज, अस्पताल, स्थानीय तहहरू

शर्टिफिकेसन

ISO 9001:2015 प्रमाणित

यूएसपी (विशिष्ट विशेषता)

नेपाली बजारमा आधारित ईआरपी प्रणाली, सम्पूर्ण प्रक्रिया एकै ठाउँबाट व्यवस्थापन हुने एकीकृत समाधान

अवार्ड तथा प्रमाणपत्रहरू

दर्जनौं सरकारी तथा निजी क्षेत्रबाट प्रशंसापत्र, सरकारबाट नेसनल आईसीटी अवार्ड २०२४, एसोसियो एडटेक अवार्ड २०२४ (जापान)

उद्देश्य तथा लक्ष्य

नेपाललाई डिजिटाइज गरेर समृद्ध बनाउने योजना अनुसार प्रत्येक क्षेत्रको प्रविधिकरणमा अग्रसर हुने

भावी योजना

अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार, ईआरपी क्लाउड सर्भिस विस्तार, एआई इन्टिग्रेसन

कर्मचारी सङ्ख्या

डाइनामिक समूह अन्तर्गत  १५०+

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ २०:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट