२०८२ बैशाख २३ मंगलवार
LATEST NEWS
२०८२ बैशाख २३ मंगलवार

तीनकुने घटना: संयुक्त जनआन्दोलन समितिका सल्लाहकार सेढाई पक्राउ

काठमाडौं– प्रहरीले तीनकुने घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गते भएको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राज संस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार ७२ वर्षीय खेमराज सेढाई रहेका छन् । सेढाई नुवाकोट लिखु गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका ७ बस्दै आएका थिए ।

Ncell 2
Ncell 2

उनी गत चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा सलंग्न रहेको परिसरका सूचना अधिकारी अपीलराज बोहोराले जानकारी दिए । उक्त दिन तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आयोजना गरेको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडको घटना भएको थियो ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट