२०८२ बैशाख २२ सोमबार
२०८२ बैशाख २२ सोमबार

हाम्रोपात्रोको ‘फर यु फिड’ मा अब भिडिओ पनि आउने, कन्टेन्ट क्रियटरलाई अवसर

 

काठमाडौँ । हाम्रोपात्रोको ‘फर यु’ फिडमा अब भिडिओ पनि देखिने भएको छ । कम्पनीले नयाँ पाइलट प्रोग्राम अन्तर्गत हालै ‘फर यु’ सेक्सनमा भिडिओ राख्न सुरु गरेको हो । 

यसअघि उक्त फिडमा समाचार, डिजिटल पोस्टर, रोचक प्रसङ्ग र अन्तरक्रियात्मक प्रश्न देखिन्थ्यो । ‘फर यु’ सेक्सनको फिडलाई थप आकर्षक बनाउने उद्देश्यसहित कम्पनीले छोटा भिडिओ राख्न थालेको हाम्रोपात्रो फिनटेक अपरेटरकी निर्देशक सुदिना गौतमले जानकारी दिइन् । 

उनका अनुसार अहिले हाम्रोपात्रो आफैँले क्रियटरका भिडिओ राख्न थालेको छ । आफ्नो भिडिओ हाम्रोपात्रोको ‘फर यु’ पेजमा राख्न चाहने क्रियटरले ‘[email protected]’ वा ‘[email protected]’ मा ईमेल पठाउन सक्नेछन् ।

“अहिले हामीले छानेर क्रियटरका भिडिओ राखिरहेका छौं । विस्तारै क्रियटर आफैँले अपलोड गर्न सक्ने एक्सेस दिन्छौं,” गौतमले भनिन् । 

प्रयोगकर्ताले हाम्रोपात्रो एप खोलेर दायाँपट्टि रहेको ‘फर यु’ (For You) सेक्सनमा गई भिडिओ हेर्न सक्नेछन् । वेबबाटै हाम्रोपात्रोको फर यु पेज हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १४:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट