२०८२ असार २९ आईतवार
LATEST NEWS
२०८२ असार २९ आईतवार

तराई-मधेशका नेतामाथि राज्यले अन्याय गरेको महन्थ ठाकुरको आरोप

काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई-मधेशका नेताहरुमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु-मधेशी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाए। उनले आफुहरुमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाँउ नरहेको बताए।

ठाकुरले आफूहरुमाथि सार्वजनिक रुपमा भएको दुर्व्यवहारका घटना अब संसदमार्फत नागरिकलाई सुनाउने जिकिर गरे। उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घन्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको दाबी गरे।

ठाकुरले राज्यले विजेताको रुपमा आफूलाई प्रस्तुत गरेको र बिजेता नै न्यायको कुर्सीमा बसेका कारण आफुहरुले न्याय पाउन नसकेको गुनासो गरे।


सामाग्री श्रोत :

तराई-मधेशका नेतामाथि राज्यले अन्याय गरेको महन्थ ठाकुरको आरोप

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट