२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

भावी योजना बनाउन संयुक्त जनआन्दोलन समितिको बैठक आह्वान

काठमाडौं। राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले भावी योजना बनाउन बैठक आह्वान गरेको छ।

आज (सोमबार) दिउँसो एक बजे बस्ने बैठकमा राजसंस्था पुनस्र्थापनाका लागि अबको आन्दोलनका कार्यक्रमलाई कसरी लैजाने भन्ने विषयमा बैठक बोलाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए।

उनले जनआन्दोलन समितिले हालसम्म आन्दोलनका कार्यक्रम घोषणा नगरेको उल्लेख गर्दै चैत १५ गते तीनकुनेमा समितिको अवधारणा सार्वजनिक गर्ने कार्यक्रममा राज्यले चरम दमन गरेको जनाए।

‘अहिलेसम्म जनआन्दोलन समितिले आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छैन। तीनकुने घोषणा सभामा राज्यले चरम दमन गरेर समितिका नेता कार्यकर्तालाई पक्राउ गरेको छ,’ नेपालले डिसी नेपालसँग भने, ‘अहिलेसम्म आन्दोलनको कार्यक्रम घोषणा नहुँदै राज्यले चरम दमन गरेको छ। अब समितिले भावी योजना र आन्दोलनका कार्यक्रमको विषयमा छलफल गर्न लागेको हो।’

तीनकुने घटनापछि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई सरकारले घरमै नजरबन्दमा राखेको थियो। उनको अनुपस्थितिमा समितिको कार्यवहाक संयोजकको जिम्मेवारी डा. जगमान गुरुङले सम्हालेका थिए। योबीचमा केही विरोधका कार्यक्रम भएपनि समितिकै अगुवाइमा निर्णायक आन्दोलन गर्ने गरी तयारी भइरहेको बताइएको छ।

आज बस्ने बैठकमा हिरासतमा रहेका नेताहरु दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलगायतको रिहाइका विषयमा पनि छलफल हुने बताइएको छ।
‘बैठकमा हिरासतमा रहेका बाहेक समितिका सबै सदस्य बैठकमा सहभागी हुनुहुनेछ,’ प्रवक्ता नेपालले भने, ‘आजको बैठकमा भावी योजनाका विषयमा विस्तृत छलफल हुन्छ।’

समितिले आन्दोलनका कार्यक्रम घोषणा नगर्दै राज्य दमनका उत्रिएको आरोप लगाएको छ।

यथास्थितिमा मुलुक चल्न नसक्ने भन्दै मुलुकमा राजसंस्थाको आवश्यकता बढेर गएको निष्कर्ष निकाल्दै नवराज सुवेदीको संयोजकत्वमा राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति गठन भएको थियो।

समितिलाई राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था पक्षधर राजनीतिक दल, व्यक्ति तथा संघ संस्थाले सहयोग गरेका छन्।


सामाग्री श्रोत :

भावी योजना बनाउन संयुक्त जनआन्दोलन समितिको बैठक आह्वान

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट