२०८२ बैशाख २२ सोमबार
२०८२ बैशाख २२ सोमबार

अरू अनलाइन प्लेटफर्ममा दराजभन्दा सस्तोमा सामान भेटिए मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिइने

काठमाडौँ । देशकै सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराज नेपालले, ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अफर घोषणा गरेको छ । उही उत्पादन नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा दराजभन्दा सस्तो मूल्यमा फेला पारेमा कम्पनीले ग्राहकलाई मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने घोषणा गरेको हो । 

यद्यपि यसमा केही सर्तहरू भने लागु हुने उल्लेख छ । अफर अन्तर्गत ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अफर आज सोमबारदेखि २६ वैशाखसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । 

यो अवधिभर ग्राहकहरूले सेटाफिल, ब्रान्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । तर यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने कम्पनीले जनाएको छ । 

साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । यस्तै ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँ खर्च गरी केही सीमित विक्रेताहरूबाट उपलब्ध गराइएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर सङ्कलन गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १०:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट