२०८२ बैशाख २२ सोमबार
LATEST NEWS
२०८२ बैशाख २२ सोमबार

१३ वर्ष मुनिका बालबालिका लक्षित गुगलको एआई च्याटबट, पढ्न र नयाँ कुरा सिक्न सघाउने

काठमाडौँ । १३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई लक्षित गर्दै गुगलले जेमिनाईको नयाँ च्याटबट सार्वजनिक गरेको छ । न्यु योर्क टाइम्समा प्रकाशित समाचार अनुसार एआईको प्रयोगबाट कोहि पनि बन्चित हुनुहुँदैन भन्दै कम्पनीले नाबालिक उमेर समूहका लागि नयाँ च्याटबट तयार गरेको हो । प्रकाशित समाचार अनुसार अभिभावकको निगरानीमा बालबालिकाले जेमिनाईको यो च्याटबट नयाँ कुरा सिक्न वा आफ्नो गृहकार्य सकाउन प्रयोग गर्न सक्ने छन् । 

यसलाई व्यवस्थित गर्नका लागि ‘फ्यामिली लिङ्क’ भन्ने फिचर उपलब्ध गराइएको छ । गुगलले अभिभावकहरूलाई पठाएको इमेलमा जेमिनाई प्रयोग गरेर बालबालिकाले “नजानेका विभिन्न प्रश्न सोध्न, गृहकार्यका लागि सहायता लिन र रमाइला बालकथाहरू तयार गर्न सक्ने” उल्लेख गरिएको छ। नाबालक प्रयोगकर्ता लक्षित उक्त फिचर पूर्ण रुपमा सुरक्षित रहेको र आपत्तिजनक वा असुरक्षित सामग्रीबाट बालबालिकालाई जोगाउने कम्पनीको दाबी छ । 

गुगलले आफूले पठाएको इमेलमा जेमिनाईले कहिलेकाहीँ गल्ती गर्न सक्ने स्वीकार्दै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई प्राप्त उत्तरहरू फ्याक्ट-चेक गर्न सिकाउनु आवश्यक रहेको पनि उल्लेख गरेको छ । साथै, जेमिनाई कुनै वास्तविक मानिस होइन भन्ने कुरा सम्झाउनु र बालबालिकालाई व्यक्तिगत वा गोप्य जानकारी गर्न नदिनु भनेर पनि सुझाइएको छ।

गुगलले बालबालिकाले जेमिनाईमार्फत गर्ने कुराकानी वा प्रदान गरिएका जानकारीहरू एआई मोडेलको प्रशिक्षणका लागि प्रयोग नगर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ । हाललाई कम्पनीले सुपरभाइज्ड अकाउन्ट मार्फत जेमिनाईको पहुँच विस्तार गर्दै लगिएको जनाएको छ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ ९:२०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट