२०८२ बैशाख २२ सोमबार
२०८२ बैशाख २२ सोमबार

कोशी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

सुनसरी – अर्ना र चराका लागि प्रसिद्ध  कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । 

विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या वृद्धि भएको हो । गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेशी नागरिक २१० पर्यटकले आरक्षको भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत भुपेन्द्रसाद यादवले जानकारी दिए । 

यादवका अनुसार पर्यटकको सङ्ख्याबाट आरक्षमा २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । हिउँदको सुरुवातदेखि पर्यटकको सङ्ख्या वृद्धि भएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताए । 

Ncell 2
Ncell 2

आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खँरै हुर्कँदै गरेका गैँडा, र साइबेरियालगायतका देशबाट आउने पाहुना चरा हेर्न तथा अवलोकन गर्न पर्यटक आउने गरेको आरक्ष प्रशासनले जनाएको छ । आरक्षमा ५२० प्रजातिका चराको वास स्थान छ ।

shivam cement
shivam cement

पछिल्लो समय कोशी प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट पर्यटक भित्र्याउन विभिन्न अभियान सुरुवात गरको छ ।  केही दिन अघि मात्र प्रदेश सरकारले नेपाल–भारतको सीमा क्षेत्र कोसी गाउँपालिका–८ भण्टाबारी नजिक पर्यटक भित्र्याउन भारतीय सवारी तथा पर्यटकलाई प्रदेशभित्र कुनै किसिमको असुविधा नहोस् भनी स्टीकर अभियान सुरुवात गरेको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट