२०८२ बैशाख २२ सोमबार
२०८२ बैशाख २२ सोमबार

मेडिकलबाटै लागूऔषधको कारोबार, सञ्चालक जितेन्द्र पक्राउ

रौतहट । पूर्व-पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय जितेन्द्र साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताए।

आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागूऔषधको कारोवार गर्दै आएका थिए। साहले औषधी ब्यवसायको नाममा  लुकिछिपी लागूऔषधको कारोबार गर्दै आएको सूचनाको आधारमा हामीले रेकी गर्दै आएको र आज छापा मारको  डिएसपी राईले बताएका छन्।

आइतबार इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापामारी गरेको हो। छापामारीको क्रममा उक्त मेडिकलबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ४ हजार ५ सय  क्याप्सुल बरामद गरिएको डीएसपि राईले जानकारी दिएका छन्।

आरोपी जितेन्द्र साहले भारतीय बजारबाट लुकिछिपी प्रतिबन्धित नशालु ट्याब्लेट क्याप्सुल ल्याएर मेडिकलमा भण्डारण गरेर राख्ने गरेका थिए। पछि आफ्नो सुबिधा अनुसार बागमती, चन्द्रनिगाहपुर क्षेत्रका युवाहरूलाई महंगो मूल्यमा बिक्रि गर्नुका साथै राजधानी काठमाडौंसम्म पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको डीएसपी राईले जानकारी दिए।

आरोपी जितेन्द्रमाथि लागूऔषध सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।


सामाग्री श्रोत :

मेडिकलबाटै लागूऔषधको कारोबार, सञ्चालक जितेन्द्र पक्राउ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट