२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

अब फुडमाण्डुले मध्यरातसम्म नै रेस्टुरेन्टको खाजा-खाना ग्राहकको घरदैलोमा ल्याइदिने

काठमाडौँ । फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरूको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड  डेलिभरी सेवा’ थप गरेको छ । यो नयाँ सुविधा अनुसार कम्पनीले अब ग्राहकहरूलाई राति १२ बजेसम्म खाना तथा खाजाको डेलिभरी दिने भएको हो । १२ः०० बजेसम्म खाना अर्डर गर्न सक्ने छन् ।

 आफ्ना ग्राहकहरूको  जीवनशैली र आवश्यकता अनुसार सेवाहरू थप गर्दै लैजाने नीति अनुसार मध्यरात्रि फुड डेलिभरी सेवा सुरु गरिएको फुडमाण्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बताइन् । सुरुवाती चरणमा यो सेवा काठमाडौँ उपत्यकाको रिङरोड र वरपरका क्षेत्रहरूमा उपलब्ध हुनेछ । यसले ग्राहकहरूको मागलाई पुरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको छ । आगामी दिनहरूमा काठमाडौँका अन्य ठाउँहरूमा पनि यो सेवा विस्तार हुने कुरा कम्पनीले  जनाएको छ ।      

सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालकै पहिलो र सबैभन्दा लोकप्रिय खाना डेलिभरी कम्पनी मध्ये एक हो । हाल फुडमाण्डुले काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका १,००० भन्दा बढी रेस्टुरेन्टहरूमार्फत खाना डेलिभर गर्दै आएको छ । साथै, फुडमाण्डु वनमार्टमार्फत ग्राहकहरूलाई आवश्यक पर्ने  दैनिक सामग्रीहरू पनि तुरुन्तै डेलिभरी दिने सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १८:४४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट