२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

परीक्षा सुरु हुनु अगावै १२ कक्षाको प्रश्नपत्र लिक भन्दै भाइरल सूचना झुटो होः बोर्ड

काठामाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको भनी सामाजिक सञ्जालमा फैलाइएको सूचना गलत र भ्रामक भएको बताएको छ । बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै २१ वैशाख, बिहान ८ बजेदेखि सुरु भएको परीक्षाको प्रश्नपत्र निश्चित विद्यालयका विद्यार्थीले पहिल्यै पाएको भनी सामाजिक सञ्जालमा चलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।

बोर्डका अनुसार परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भन्ने सूचना आए लगत्तै जिल्ला परीक्षा समन्वय समिति, भक्तपुर, जिल्ला प्रशासन कार्यालय, भक्तपुर र बोर्डका कर्मचारी सम्मिलित टोलीले सम्बन्धित परीक्षा केन्द्रमा छानबिन गरेको थियो । छानबिनका क्रममा सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक र गलत पाइएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।

परीक्षा जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्रहरू राखी भ्रम सिर्जना गर्न खोजिएको भन्दै बोर्डले आपत्ति जनाएको हो । बोर्डका अनुसार यस्तो गलत सूचना फैलाउने कार्यमा संलग्नलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा जानकारी पठाइ सकिएको छ ।

यस्ता भ्रामक सूचनामा विश्वास नगर्न र आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन सम्पूर्ण परीक्षार्थीहरूलाई आग्रह गरिएको छ । साथै परीक्षा जस्तो संवेदनशील विषयमा गलत सूचना सम्प्रेषण गरी विद्यार्थीको मनोभावनामा चोट पुऱ्याउने तथा आधिकारिकता पुष्टि नगरी विषयवस्तु सामाजिक सञ्जालमा राख्ने काम नगर्न पनि बोर्डले अनुरोध गरेको छ ।

परीक्षालाई मर्यादित र शान्तिपूर्वक रूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग रहनेमा बोर्ड विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १६:३२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट