२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

भक्तपुर क्यान्सर अस्पतालद्वारा सिन्धुलीमा ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ

काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले सिन्धुली अस्पतालमा महिलाको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ गरेका छन् । 

अस्पतालका निमित्त निर्देशक डा उज्ज्वल चालिसेका अनुसार भक्तपुर क्यान्सरको चिकित्सक टोली   सिन्धुली अस्पताल पुगेर  ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ गरिएको हो । 

परीक्षणका क्रममा केहीमा स्तन तथा पाठेघरको क्यान्सर देखिएपछि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रेफर गरिएको डा चालिसेले  बताए । 

‘सिन्धुली अस्पतालमा महिलाको क्यान्सर स्क्रिनिङ तथा सचेतना शिबिरमा करिब ५०० महिला को जाँच गरियो’, डा चालिसेले भने – ‘स्तन र पाठेघरको मुखको क्यान्सर देखिएकालाई थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको छ।’

आगामी दिनमा बिरामीको सुबिधाका लागि दुई अस्पातल बिच सहकार्य गर्ने बारे  अस्पतालका अध्यक्ष सतिस ढकालसहित मेसु डा अभिशेक थपालियासँग छलफल र भेट्घाट समेत गरिएको उनले जानकारी दिए।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट